प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन सिफारिस

असार ३१, २०७८ मा प्रकाशित | 398 views

काठमाडौँ । सरकारले साउन ३ गतेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफरिस गरेको छ ।

आज (बिहीवार) सिंहदरबारमा बसेको बैठकले साउन ३ गते ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

गएको सोमवार असार २८ गते सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै संसद् अधिवेशन साउन ३ गते बेलुकी ५ बजेभित्र बोलाउन आदेश दिएको थियो ।

यस्तै बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web