एमाले कार्यकर्ताले जलाए प्रधानन्यायाधीशको पुत्ला

असार ३१, २०७८ मा प्रकाशित | 362 views

काठमाडौं । नेकपा एमालेको युवा तथा विद्यार्थी संगठनका कार्यकर्ताले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको विरोधमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पुत्ला दहन गरेको छ ।

भृकुटीमण्डप प्रदर्शनी मार्गमा अनेरास्ववियु र युवा संघका कार्यकर्ताले प्रधानन्यायाधीशको पुत्ला दहन गरेको हो । विद्यार्थीहरुले केहीबेर मशालजुलुस पनि निकालेका थिए । त्यस क्रममा प्रहरीले विद्यार्थीहरुबाट पुत्ला खोसेर निभाएको थियो ।

सर्वोच्चको फैसलाबाट प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि नेकपा एमालेका कार्यकर्ताले सर्वोच्च अदालतविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web