प्रधानमन्त्री देउवा माधव नेपाललाई भेट्न कोटेश्वरमा

असार ३०, २०७८ मा प्रकाशित | 345 views

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वरमा जानुभएको छ । प्रधानमन्त्री देउवा र नेता नेपालबीच अहिले कुराकानी भइरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

पार्टीको निर्देशन अटेरी गर्दै माधव नेपाल समूहले साथ दिएपछि प्रधानमन्त्री बन्न देउवालाई बहुमत पुगेको छ । माधव नेपाल पक्षका सांसदको हस्ताक्षरलाई राष्ट्रपति कार्यालयले मान्यता नदिए पनि सर्वोच्च अदालतले हस्ताक्षरलाई वैध ठहर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

एमालेकाे नेपाल समूहका २६ जना सांसदको समर्थनमा देउवा प्रधानमन्त्री नियुक्त हुनुभएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web