सहुलियतपूर्ण कर्जाको उपलब्ध गराउन माग

असार ३०, २०७८ मा प्रकाशित | 312 views

काठमाडौँ । रेष्टुरेन्ट तथा बार व्यवसायलाई पुर्नउत्थानको लागि ५० लाख सम्म सहुलियतपूर्ण कर्जाको उपलब्ध गराउन माग गरेको छ ।
रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालले पत्रकार सम्मेलन मार्फत रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालले कोरोनाको कारण पर्यटन क्षेत्रभित्र पर्ने रेटुरेन्ट तथा बार व्यवसायलाई पनि प्रत्यक्ष असर पुगेको भन्दै व्यवसाय पुर्नउत्थान गर्न कम्तिमा एक पटक बिना धितो ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन माग गरेको छ ।
यस्तै, बैंकहरुबाट लिइएको ऋणको ब्याज र किस्ता व्यवसाय पुर्ण रुपमा सञ्चालन नभएसम्म कम्तिमा ३ वर्षका लागि थप गर्न तथा नीजि आवास निर्माणका लागि लिएको ऋणको ब्याजदरलाई सहुलियतदर र तिनुपर्ने पुर्नतालिकाको लागि बैंकहरुसँग समन्वय गरिदिन पनि एशोसिएसनको माग रहेको छ ।
यसैगरी, बैंकहरुले गर्ने लगानीको निश्चित प्रतिशत रकम पर्यटन क्षेत्रमा अनिवार्य रुपमा लगानी गर्ने कार्यविधि बनाउन र रेष्टुरेण्ट क्षेत्रमा आश्रित कर्मचारीहरुको जिविकोपार्जनको लागि कम्तिमा तीनलाख रुपैयाँसम्म सहुलियतपुर्ण ब्याजदरमा घरायसी कर्जा उपलब्ध गराउन पनि माग गरेको रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालका कोषाध्यक्ष नरेशध्वज श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web