राष्ट्रपति कार्यालयले नियुक्तिपत्र सच्याएपछि शपथका लागि शीतलनिवास जाँदै देउवा

असार २९, २०७८ मा प्रकाशित | 284 views

काठमाडौं । राष्ट्रपति कार्यालयले नियुक्तिपत्र सच्चाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको शपथ लिन शीतलनिवास जाँदैछन्।

यसअघि देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा नै उल्लेख नगरि नियुक्त गरेकी थिइन्। जसको आलोचना भएको थियो। पछि संविधानको धारा ७६ को (५) अनुसार नियुक्त गरिएको भन्ने पत्र पाएपछि देउवा शपथका लागि शीतलनिवास जान लागेका हुन्।

सोमबारको सर्वाेच्च अदालतको संवैधानिक इजलासले गरेको फैसला अनुसार भन्दै संविधानको धारा ७६ को उपधारा (५) उल्लेख नगरी राष्ट्रपतिले नियुक्त गरेपछि देउवाले शपथ नलिने अडान राखेका थिए। कानुनविद्हरूले समेत नियुक्ति नसच्चिएपछि शपथ नलिन देउवालाई सुझाएका थिए।

यसअघि राष्ट्रपति कार्यालयले साँझ ६ बजेका लागि शपथको समय तय गरेको थियो। अब केहीबेरपछि शपथ हुनेछ।

आजै कांग्रेसका बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र माओवादीबाट जनार्दन शर्मा तथा पम्फा भुसालले मन्त्रीको शपथ लिँदैछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web