गृहमन्त्रीमा कांग्रेस नेता बालकृष्ण खाँण

असार २९, २०७८ मा प्रकाशित | 330 views

काठमाडौँ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री बन्ने भएका छन्। कांग्रेसका प्रमुख सचेतक समेत रहेका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो।

खाँणसहित कांग्रेसका अर्का नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि आज मन्त्रीको शपथ लिने बताइएको छ। कार्कीलाई संसदीय मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने तय भएको कांग्रेसका एक नेताले जानकारी दिए।

यस्तै, माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसालले मन्त्रीको शपथ लिने भएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web