माओवादी केन्द्रले शर्मा र भुसाललाई सरकारमा पठाउने

असार २९, २०७८ मा प्रकाशित | 319 views

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पहिलो चरणमा सरकारमा दुई मन्त्री पठाउने भएको छ ।
नेताहरु जनार्दन शर्मा र पम्फा भुसाललाई कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्‌मा पठाउने निर्णय भएको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको थियो । देउवाले मंगलबार साँझ प्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।

शर्मा र भुसालको मन्त्रालय टुंगो लाग्न बाँकी छ । यद्यपि उनीहरुले अर्थ र उर्जा मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web