ओलीले आज बालुवाटार नछाड्ने

असार २९, २०७८ मा प्रकाशित | 329 views

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधवार मात्रै बालुवाटार छाड्नु हुने भएको छ । एमालेकै भातृ सङ्गठन युथ फोर्सले आजै ओलीलाई स्कर्टिङ गरेर सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट लैजाने भनेको थियो ।

तर ओलीका प्रेस संयोजक रामशरण बजगाईँले भने आज तयारी नपुगेकाले ओलीले भोलि बिहानमात्रै बालुवाटार छाड्ने जानकारी दिनुभयो ।

बालकोटमा रहेको निवासमा तयारी गर्नुपर्ने र बालुवाटार छाड्ने पनि तयारी गर्नुपर्ने भएकाले भोलि बिहान मात्रै उहाँ बालकोट जाने बजगाईँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web