जापानले नेपाललाई १६ लाख डोज खोप दिने पक्का

असार २९, २०७८ मा प्रकाशित | 522 views

काठमाडौँ । जापान सरकारले नेपाललाई १६ लाख डोज कोरोना विरुद्धको खोप दिने भएको छ । जापानी विदेश मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा विदेशमन्त्री तोसिमित्सु मोतेजीले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत एस्ट्राजेनेका कम्पनीको १६ लाख डोज खोप दिने बताउनुभएको छ ।

यो खोप अगष्टसम्म नेपाल आइपुग्ने नेपालमा रहेको जापानी दूतावासले जनाएको छ । कोभिसिल्डको पहिलो डोज लगाइसकेकाहरुलाई एस्ट्राजेनेकाको दोस्रो डोज दिन सकिने दूतावासले जनाएको छ । राजदूत किकुता युतुकाले नेपाल र जापानबीच रहेको धेरै लामो मित्रताका कारण खोप उपलब्ध गराइएको र यसले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने दूतावासको भनाइ छ ।

नेपालमा कोरोनाको बढ्दो महामारीका कारण खोपको अत्यन्तै आवश्यकता रहेको विषयलाई जापान सरकारले नजिकबाट हेरिरहेको पनि उहाँले बताउनुभएको छ । नेपालले यसअघि हिजो पनि कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाबाट १५ लाख डोज जोनसन एण्ड जोनसनको खोप पाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web