देउवालाई प्रधानमन्त्री बनाउन तयारी थाल्ने विपक्षी गठबन्धनको निर्णय

असार २९, २०७८ मा प्रकाशित | 309 views

काठमाडौँ । विपक्षी गठबन्धनले सर्वाेच्च अदालतको आदेशअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तयारी थाल्ने निर्णय गरेको छ ।

कोटेश्वरमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको बैठकले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन तयारी थालिहाल्ने निर्णय गरेको हो ।

अब बन्ने नयाँ सरकारलाई नागरिकको हितमा काम गर्ने, कोरोना महामारी नियन्त्रण र नागरिकलाई खोप दिने लगायतका विषयमा केन्द्रित गर्ने पनि बैठकले निर्णय गरेको जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web