हाइ अलर्ट ! सुरक्षा ‘थ्रेट’ को सम्भावनाका आधारमा नेतादेखि न्यायाधीशसम्म निगरानीमा

असार २९, २०७८ मा प्रकाशित | 323 views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई अपदस्त गर्ने गरी आएको सर्वोच्च अदालतको फैसलासँगै सुरक्षा तैनाथी बढाइएको छ।

सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीका विपक्षमा फैसला सुनाएपछि ओली समर्थक अहिले अदालतको फैसलाको बिरुद्ध सकडकमा उत्रिएका छन्। विरोध, प्रर्दशन र झडप हुनसक्ने सम्भावना बढेपछि काठमाडौं उपत्यकाभित्र थप सुरक्षाकर्मी परिचालन गरिएको छ।

‘सुरक्षाकर्मीलाई अलर्ट गरिएको छ। प्रदर्शन, विरोध हुनेसक्ने स्थानमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ,’ महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी प्रमुख एआइजी हरिबहादुर पालले भने।

नेकपा एमालेको भातृ संगठन युवा संघले माइतीघरमा विरोध प्रदर्शन गरेको छ। त्यस्तै, साँझ जुलुस निकाल्ने तयारीको समेत सूचना पाएको प्रहरीले सुरक्षाकर्मी र सादा पोशाकमा ‘खबरी’ समेत मुभ गराएको छ।

प्रहरी स्रोतका अनुसार सुरक्षा थ्रेट हुनसक्ने व्यक्ति, घर र कार्यालयमा समेत सुरक्षाकर्मीको निगरानी बढाइएको छ। राजनीतिक दलका नेता, सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता लगायतमाथि सुरक्षा थ्रेट बढी रहेको एसिसमेन्टका आधारमा सुरक्षा निगरानी बढाइएको हो। त्यस्तै, अदालतको आसपासमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web