महोत्तरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा युवतीको मृत्यु

असार २८, २०७८ मा प्रकाशित | 394 views

जनकपुरधाम । महोत्तरीमा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । महोत्तरीको गौशाला नगरपालिका–५ कठुधारमा ज ११ प ५००३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार युवतीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा औरही नगरपालिका–४ कविलासाकी २३ वर्षीया निशा साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनापछि मोटरसाइकललाई नियन्त्रणमा लिइएको र फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web