पार्किँङ गरिएका ५ गाडीमा पहिरोले क्षति

असार २८, २०७८ मा प्रकाशित | 450 views

म्याग्दी । लगातारको वर्षाको कारण सडक सञ्चालन नहुँदा पार्क गरेर राखिएको गाडी पहिरोले क्षति पुगेको छ । बेनी–जोमसोम सडकखण्ड अन्तर्गगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीमा पार्किङ गरि पाँचवटा वटा गाडीमा क्षति पुगेको हो ।
बेनी–जोमसोम सडक खण्डको रघुगंगा–३ गलेश्वर नजिक सडक अबरुद्ध बनेपछि गायत्री मन्दिर अगाडि सडकमै पार्किङ गरि राखिएका तीनवटा बोलेरो, एक पीकअप बोलेरो र एक हाइलक्स गाडीमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । गाडीलाइ अन्यत्र भन्दा सुरक्षित ठाउँ हेरेर राखिएकोमा रातमा पहिरो खसेर सवारीमा क्षति पुर्‍याएको उप्रहरीका भनाई छ ।
शर्मा गजुरमुखी जेभीका प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेका अनुसार काभ्रे भिरमा हिजो ब्लाष्ट गरेर सडकको अवरोध हटाउने प्रयास भए पनि सफल नभएकोले आज पुनः ब्लाष्ट गर्न पर्नेे देखिएको छ । गलेश्वर नजिकै भएको सडक अबरोधले गर्दा पेट्रोलियम पदार्थ ढुवानी हुन नसक्दा अबका दिनमा समस्या बढ्ने देखिएको न्यौपानेले बताउनुभयो । न्यौपानेले भन्नुभयो–‘गलेश्वर नजिकको सडक अबरोध नहट्ने हो भने भोलिबाट मेसिनमा हाल्ने तेल हुँदैन, खाद्यान्न पनि सकिदैछ, त्यसैले रघुगंगा ३ को अवरोध नहट्दा त्यसभन्दा माथिको अवरोध हटाउन नसकिने अवस्था आउन लाग्यो ।’
अविरल वर्षाको कारण बेनी–जोमसोम सडक पछिल्लो चार दिनदेखि अबरुद्ध रहेको छ । बेनी–जोमसोम सडक खण्डको अन्नपूर्ण गाउँपालिका–३ काभ्रे भिर, रुप्से छहरा एवम् रघुगंगा गाउँपालिका–३ गलेश्वर पारी सडक अबरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी इन्सपेक्टर वीरेन्द्रराज गुरुङले बताउनुभयो ।
पोखराबाट मुस्ताङ सरुवा भएर जान लाग्नुभएका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल शुक्रबार बेनी आइपुग्नुभएकोमा सडक अवरुद्ध हुँदा बेनीमै रोकिनुभएको थियो ।’सडक छिट्टै खुल्ने सम्भावना कम देखिएकोले पैदल नै मुस्ताङतिर लागेको छु’–प्रजिअ पौडेलले भन्नुभयो । प्रजिअ पौडेलले भन्नुभयो ‘अहिले म बैशरी पुगेको छु, गाडी पाएको ठाउँमा चड्नुपर्ला नत्र पैदलै भए पनि जिल्लामा पुग्नु प-यो भनेर हिडेँ’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web