पूर्वमाओवादी नेताहरुलाई नेकपामा रहँदाको हैसियतको कमिटीको जिम्मेवारी दिने

असार २८, २०७८ मा प्रकाशित | 333 views

काठमाडौँ । नेकपा एमालेले २०७७ फागुन २३ गतेको फैसलापछि एमालेमै रहेका पूर्व माओवादी नेताहरुलाई नेकपामा रहँदाको हैसियत दिने निर्णय गरेको छ । आइतवार १० बुँदे निर्णय गर्दै कार्यदलले नेकपामा स्थायी कमिटीमा रहेका सदस्यलाई सोही स्थान दिने निर्णय गरेको हो ।

‘२०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसला पछि नेकपा एमालेमा रहने कमरेडहरुको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहनु भएकालाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ’ कार्यदलको सहमतिको चौथो बुँदामा भनिएको छ ।
एमाले कार्यदलले अनुमोदन गरेपछि अब पूर्व माओवादी पृष्ठभूमिका नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा एमाले स्थायी कमिटीमा स्थान सुरक्षित गरेका छन् । पूर्वमाओवादी छाडेका अन्य केन्द्रीय सदस्यले नेकपामा रहँदाको स्थान पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web