एमाले कार्यदलमा १० बुँदे सहमति

असार २७, २०७८ मा प्रकाशित | 517 views

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी एमाले कार्यदलको बैठकले १० बुँदे सहमति गरेको छ ।

आन्तरिक विवाद मिलाउन आइतवार बिहानदेखि गृहकार्यमा जुटेको कार्यदलका सदस्यहरू अन्ततः पार्टी एकताबद्धरुपले अघि बढाउने गरी सहमति जुटाउन सफल भएका हुन् ।

सिंहदरबारमा भएको छलफलमा पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन सहमति बनेको नेताहरूले बताएका छन् ।

कार्यदलले २०७५ जेठ २ गतेअघिको पार्टी संरचनाबाट अघि बढ्ने सहमति गरेको छ । पार्टीमा योगदान दिएका नेताहरूलाई मातहत कमिटीमा समेट्ने निर्णय पनि कार्यदल बैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web