विपक्षी दलका पाँच विद्यार्थी संगठनबाट पेट्रोलियम पदार्थको मुल्य वृद्धिविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा

असार २७, २०७८ मा प्रकाशित | 374 views

विपक्षी दलका पाँच विद्यार्थी संगठनले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धिविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गर्दै पाँच विद्यार्थी संगठनले ७ बुँदे माग सहित चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।
नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सिनाका अनुसार भोलि असार २८ गते नेपाल आयल निगमका गाडी चल्न नदिने, असार २९ गते पेट्रोलियम पदार्थ ढुवानी र बिक्री गर्ने संगठनलाई पेट्रोलपम्प र ट्यांकर सञ्चालन गर्न नदिने तथा असार ३० गते देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्यांकर बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि पाँच विद्यार्थी संगठनले विघटित संसदको पुनस्स्थापना, एसइइ र १२ कक्षाको पीक्षामा देखिएको समस्या समाधानको माग लगायतको विषयलाई मुख्य एजेण्डा बनाई प्रदर्शन आएको थियो ।
यसैबीच, नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धिलाई लिएर आन्दोलित विद्यार्थी संगठनलाई वार्तामा बोलाएको छ ।
आज विज्ञप्ति जारी गर्दै निगमले भोलि २८ गते दिउँसो १ बजेका लागि निगमको केन्द्रीय कार्यालय बबरमहलमा आपसी छलफलका लागि आन्दोलित विद्यार्थी संगठनलाई बोलाएको हो ।
गएको साता निगमले पेट्रोल र डिजेलसँगै खाना पकाउने एलपी ग्यासको समेत प्रतिसिलिन्डर अधिकतम २५ रुपैयाँले मूल्य बृद्धि गरेसँगै विद्यार्थी संगठनहरुले चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web