कार्यदलको बैठक चल्दाचल्दै माधव नेपाललाई भेट्न बानेश्वर पुगे घनश्याम भुसाल

असार २७, २०७८ मा प्रकाशित | 409 views

कार्यदलको बैठक चल्दाचल्दै माधव नेपाललाई भेट्न बानेश्वर पुगे घनश्याम भुसाल

काठमाडौं । नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक चल्दाचल्दै कार्यदल सदस्य घनश्याम भुसाल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न बानेश्वर पुगेका छन्।
उनीहरूबीच अहिले बानेश्वरको अर्याल होटलमा छलफल जारी छ। कार्यदलमा भएको छलफल र सहमतिबारे परामर्शका लागि भुसाल नेता नेपाललाई भेट्न गएका हुन्।
कार्यदलको बैठक भने सिंहदरबारमा बसिरहेको छ। आज सहमति सार्वजनिक गर्ने यसअघि नै बताइसकेका कार्यदलका नेताहरू बिहान ९ बजेदेखि निरन्तर छलफलमा छन्।
सहमतिको मस्याैदा अन्तिम चरणमा पुगेको दाबी गर्ने नेताहरूलाई निचोडमा पुग्न भने सकस भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web