१८ सय कोरोना संक्रमित थपिँदा २० जनाको मृत्यु

असार २७, २०७८ मा प्रकाशित | 343 views

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा झण्डै दुई हजार कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २१८ जनामा गरिएको परीक्षणमा एक हजार ८३१ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार ५ हजार ५३५ जनामा आरटी पीसीआर र ३ हजार ६८३ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट एक हजार २३७ र एन्टिजेनबाट ५९४ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु भएको हो भने १ हजार ५३३ जना संक्रमित कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web