चितुवाले गोठमा भएका सबै भेडा मार्यो

असार २७, २०७८ मा प्रकाशित | 430 views

नवलपरासी । जङ्गलबाट बस्तीमा छिरेको चितुवाको आक्रमणबाट नवलपरासीको मध्यबिन्दुका एक जना किसानको भेडा गोठ नै रित्तिएको छ । मध्यबिन्दु–१ अभियनकी मनकुमारी महतोले गोठभित्र थुनेको १५ भेडामध्ये ११ वटा भेडा चितुवाको आक्रमणबाट मरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले चितुवाको आक्रमणबाट गोठमा रहेका अन्य चारवटा भेडा गम्भीर घाइते भएका बताउनुभयो । चितुवाको आक्रमणबाट भेडा गोठ नै रित्तो भएपछि महतो पीडामा हुनुहुन्छ । त्यहाँका गणेश महतोले चितुवाको आक्रमणबाट दुई लाखभन्दा बढीको क्षति भएको बताउनुभयो ।

कच्ची गोठ भएकाले सजिलैसँग चितुवा गोठभित्र छिरेर भेडालाई आक्रमण गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web