एमाले कार्यदलको सहमतिबारे नेपाल समूहको स्थायी कमिटीमा छलफल

असार २७, २०७८ मा प्रकाशित | 383 views

काठमाडौ । सत्तारुढ एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा भएको सहमतिबारे वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटीमा छलफल भएको छ । भर्चुअल माध्यमबाट बसेको स्थायी कमिटी बैठकमा कार्यदल सदस्यहरूले सहमतिको विषयमा जानकारी गराएका छन् ।

कार्यदल सदस्यले औपचारिकता दिन मात्र बाँकी रहेको बताएका छन् । तर, सहमतिको विषयमा कार्यदल सदस्यहरूले सार्वजनिक रूपमा केही बताएका छैनन् ।

पछिल्लो समय एमाले कार्यदलको बैठक निरन्तर बस्दै आएको छ । शनिबार पनि कार्यदलको बैठक बसेको थियो ।

कार्यदल बैठकपछि नेपाल समूहका कार्यदल सदस्य गोकर्ण विष्टले सहमतिलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताए ।

उनले भनेका छन्, ‘हामीले गम्भीरताका साथ, एकअर्काको मनोविज्ञान बुझ्दै छलफल ग¥यौँ र अन्तिम अन्तिम अवस्थामा आइपुगेका छौँ । समग्रतामै समस्या समाधान खोज्ने बिन्दुमा आइपुगेका छौँ । तर, सुखद समाचार आजै घोषणा गरिसकेका छैनौँ । भोलिको दिन आमपार्टी पंक्तिले अपेक्षा गरेको सन्देश सुन्नका लागि गरेको अपेक्षा प्राप्त गर्नेछौँ । औपचारिकता दिन मात्र बाँकी छ । लगभग निष्कर्षमा पुगेका छौँ, विश्वासको अवस्थामा पुगेका छौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web