दलितलाई विभेद गर्ने मूलपूजारीले माफी मागे

असार १०, २०७८ मा प्रकाशित | 315 views

दैलेख । चामुण्डा बिन्द्रासैनी नगरपालिका-९ लयाटीमा रहेकाे बिन्द्रासैनी भगवती मन्दिरमा दलितलाई विभेद गरेका मूलपूजारीले सार्वजनिक रूपमा माफी मागेका छन् ।

वैदिक परम्पराअनुसार मष्टाे पूर्णिमाकाे दिन हुने पूजामा कामी जातिका तिरुवाहरूकाे बाेका बली चढाउँदा टीका लगाउन नमानेकाे विषयमा दलित अगुवाले विराेध गरेपछि मूलपूजारी हाेता उपाध्यायले माफी मागेका हुन् ।

चामुण्डा बिन्द्रासैनी नगरपालिका ३ का ३८ वर्षीय भरम विकलाई टीका लगाउन नमान्दा दलित अगुवाहरूले विराेध जनाएपछि मूलपूजारी उपाध्यायले माफी मागेकाे स्थानीय दानबहादुर सुनारले बताउनुभयाे ।

विवादले राेकिएकाे पूजा कार्यक्रम मूलपूजारीले माफी मागेपछि दिउँसो ३ बजेदेखि सुरु भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web