भरतपुर । नेपालको विभिन्न तीन स्थानमा रहेका बालआश्रममा आश्रित ८० भन्दा बढी बाल–बालिकालाइ एकैसाथ एक दिवशीय (बिहानको) खाना को प्रबन्ध मिलाएको छ ।

‘हाम्रो जन्मभूमि सामाजिक र मानवसेवा’का सहयात्री मार्फत सुनसरी, बुटवल र चितवनको भरतपुरमा रहेको आश्रमका बालबालिकालाई कोरोना रोगको जोखिमको बीच स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई एक दिवशीय खाना खुवाइएको हो ।

‘हाम्रो जन्मभूमि सामाजिक र मानवसेवा’का अध्यक्ष इन्द्रप्रसाद आचार्य एबम उपाध्यक्ष गिता श्रेष्ठले कोरोनाको जोखिम र मनसुनको प्रतिकुल समयको बाबजुत बालबालिकालाई भोजनको व्यावस्थापन गर्नको लागी अवसर दिने बालआश्रम सञ्चालक र यस महान कार्यक्रममा सहभागी भएका सहयोगीमनहरु प्रति अभार व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल टिकटकको माध्यम मार्फत विभिन्न दुःख पीडामा परेकालाई निःस्वार्थ रुपमा सहयोग पुराउदै आएको उक्त सँस्थाले सामाजिक सेवाको कार्यलाई निरन्तर अघि बढाउने क्रममा यो पटक यही असार १ गते चितवनको भरतपुरमा रहेको साहारा बालआश्रम, इटहरीमा रहेको नि.साहारा बाल आश्रम र बुटवलमा रहेको श्रृजनशील बाल आश्रमका ८० जना बालबालिकालाई एक दिवशीय खाना खानाको प्रबन्ध मिलाइएको ‘हाम्रो जन्मभूमि सामाजिक र मानवसेवा’का जनसम्पर्क सल्लाहकार तुलसीप्रसाद भट्टले जानकारी दिनुभएको छ । सामाजिक क्षेत्रमा सेवा पुराउने उद्देष्यले देश तथा विदेशमा रहेका समाजसेवीहरुको सँस्थाको रुपमा रहेको ‘हाम्रो जन्मभूमि सामाजिक र मानवसेवा’को मुख्य कार्यालय सिन्धुपाल्चोकको चौतारामा रहेको छ ।

यही असार १ गते भएको एक दिवशीय भोजनको सहजिकरण इटहरीमा उक्तसँस्थाका कार्यसमिति सदस्य तुलसा श्रेष्ठ, बुटवलमा सुमि न्यौपाने (आचार्य) र चितवनको भरतपुरमा रहेको शाहाराको घरमा सँस्थका अध्यक्ष इन्द्रप्रसाद आचार्य र जनसम्पर्क सल्लाहकार तुलसीप्रसाद भट्टको उपस्थितीमा अभिभावक कृष्ण पुरीले सहजिकरण गर्नुभएको थियो ।

साहाराको घरको आमा कुशुम शाहाराले ‘हाम्रो जन्मभूमि सामाजिक र मानवसेवा’को तर्फबाट पुराएको सहयोग सानो भएपनि माया, सद्भाव र योगदान भने अमूल्य रहेको भन्दै प्रशंसा गर्नुभएको छ ।

कार्यक्रमलाई सभ्य रुपमा सफल बनाउनको लागी नेपाल टिकटक हार्ट गु्रपको ‘आमा’ अनु शर्मा, मिलिजुली परिवारको सदस्य साया सिग्देल, ‘हाम्रो जन्मभूमि सामाजिक र मानवसेवा’का आजीवन सदस्य सम्झना ढकाल, सहयात्री शान्ती अधिकारी, रचना बस्नेत, कृष्ण पुरी एंवम् सपना दवाडी लगायतका महानुभावको उपस्थिती रहेको थियो ।

उक्त पवित्र कार्यक्रम सञ्चालनको लागी सँस्थाका मानार्थ सदस्य कला पाण्डेबाट १८ छोरी (बालिका)को निमित्त असार १ गते मंगलबारको शुभदिनको अवसरमा टीका दक्षिणाको समेत प्रबन्ध मिलाइएको थियो । यस सँस्थाले विभिन्न स्थानका आर्थिक अबस्था कमजोर भएका, विपन्न तथा पिटडिएका वर्ग एंव समुदायको लागी आर्थिक, सामाजिक तथा उपचारार्थ सहयोग पुराउदै आएकाले अन्य सामाजसेवीहरुलाई पनि सँस्थामा जोडिएर सहकार्यमा साथ दिन अनुरोध गरेको छ ।

(बालबालिकाहरुकै सहमतिमा लिइएको एक दिवशीय खाना प्रबन्धको केही तस्वीरहरु)

25.7¡ÆC