नुवाकोटमा एकैदिन गरे ४३ दाताले गरे रक्तदान

असार १, २०७८ मा प्रकाशित | 483 views

त्रिशूली । ‘रक्तदान गरौं : संसारका धड्कनहरुलाई चलायमान वनाऔँ’ भन्ने मुल नाराका साथ ‘विश्व रक्तदाता दिवस’को नुवाकोटको दुई स्थानमा गरिएको रक्तदान कार्यक्रममा ४३ जना दाताले रगत दान गरेका छन् ।

किस्पाङ गाउँपालिकामा नेपाल रेडक्रस सोसाईटी काहुले उपशाखाको आयोजना, रक्तसञ्चार केन्द्र कलोनीको प्राविधिक सहयोग, ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’को सहजिकरण र समृद्व किस्पाङको समन्वयमा भएको वृहत रक्तदान कार्यक्रममा ३४ जना दाताहरुले रक्तदान गरेका छन् ।

आयोजक नेपाल रेडक्रस सोसाईटी काहुले उपशाखाको सदस्य रबन्द्रिनाथ न्यौपानेको अनुसार रक्तदान कार्यक्रममा सात जना महिला र २७ जना पुरुषले रक्तदान गरेका थिए भने धेरै इच्छुक भएपनि लक्ष्य अनुसारको संकलन भएकाले सम्पर्कमा आएकाहरुलाई अर्को पटकको लागी भनेर राखिएको छ ।

नेपाल रेडक्रस सोसाईटी काहुले उपशाखाको भवनमा भएको रक्तदान कार्यक्रममा १४ जना दाताहरुले पहिलो पटक रक्तदान गरेकाले अबदेखि निरन्तर तीन–तीन महिनामा दान गर्ने प्रतिबद्धता समेत जनाएको ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’का संयोजक मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिनुभएको छ ।

यसैबीच, ‘विश्व रक्तदाता दिवस’को अवसर बनाई मानव अधिकार तथा शान्ति समाजको आयोजना, ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’को समन्वय र नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तसन्चार केन्द्र भवन कोलनीमा आयेजित कार्यक्रममा नौ जना  दाताले रक्तदान गरेका छन् । आयोजक मानव अधिकार तथा शान्ति समाज नुवाकोटका अध्यक्ष नारायण श्रेष्ठको अनुसार कोरोनाको कारण बिरामीको सङ्ख्या बढिरहेको, अहिलेको समयमा लगाइएको निषेधाज्ञाको कारण रक्तदाताहरु रगत दिन आउजाउ गर्न कठिन देखिएको तथा रक्तदान कार्यक्रम निकै कम सञ्चालन भएको कारण दिवसको अवसरमा रक्तदान गरिएको हो ।

किस्पाङ र कोलनीमा आयोजित कार्यक्रमबाट संकलन भएको रगत नुवाकोटको लागी आवश्यक केही राखेर बाँकी रक्तसन्चार केन्द्र भक्तपुर पठाइएको नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्र कलोनीका प्रमुख लक्ष्मी श्रेष्ठले जानकारी दिनुएको छ ।

पछिल्लो समय नुवाकोट जिल्लामा ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’बाट रगत व्यवस्थापन सहज भएकोले रक्तदान कार्यमा धेरै युवाहरुको सहभागिता र नियमित रुपमा सक्रियता पनि बढ्दै गएको पाइएको छ । ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’का सदस्य पारस अधिकारीको अनुसार रगत दिने र रगत चाहिने वर्गको पुलको रुपमा परिचित गराई आवश्यक समन्वय गराउदै आएकाले युवा वर्गहरु नियमित रुपमा रक्तादान कार्यक्रममा सहभागिता जनाउदै आएका छन भने विभिन्न संघसस्थाले पनि रक्तदान कार्यक्रम आयोजना गर्नको लागी चासो देखाउदै आएका छन् ।

‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’को सहजिरकण तथा व्यवस्थापनमा जेठ महिनाका यसअघि दुई पटक रक्तदान एंव प्लाज्मादान कार्यक्रम सम्पन्न गरिएको थियो ।

नयाँ पुस्ता रक्तदानमा आकर्षित भईरहेको समयमा संस्थाको सम्पर्कमा एकहजार दुईसय भन्दा बढी युवाहरु आबद्ध भएका छन् । पछिल्लो एक वर्षमा रगत दिनेको सङ्ख्या दुई हजार भन्दाबढी नाघेको ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’का सदस्य श्रीकृष्ण आचार्यले जानकारी दिनुभएको छ ।

‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’ले नुवाकोट सहित जिल्ला बाहिरको लागी आवश्यक परेको जुनसुकै समूहको रगत उपलब्ध गराउन प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ ।

रक्तदान कार्यक्रमको थप तस्वीरहरु :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web