मकवानपुर । सरकारले ६२ देखि ६४ वर्षसम्मका नागरिकलाई लगाउन भनेको कोरोना विरुद्धको खोप हेटौँडा उपमहानगरपालिकाको उपमेयर मिना कुमारी लामाको कार्यकक्षमा गोप्य रुपमा चिनजानको आधारमा लगाइरहेको भेटिएको छ । शुक्रवार उपमेयर लामाको कक्षमा धमाधम खोपको कार्ड बनाउँदै खोप लगाइरहेको पाइएको हो ।

सरकारले ६२ देखि ६४ वर्षसम्मका नागरिकलाई लगाउन पठाएको खोपको हेटौंडा उपमहानगरपालिकाकै कार्यालयले दुरुपयोग गरेको भेटिएको छ । यता उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले यस विषयमा कुरा गर्दा उपमेयरले भनेकाले खोप लगाइएको बताएका छन् ।

उपमेयर लामाले भने सो खोप कार्यक्रम बारे आफूलाई थाहा नभएको भन्ने प्रतिक्रिया दिँदै आफ्नो कार्यकक्ष जनताका लागि सधैँ खुल्ला रहने र त्यहाँ उपमहानगरपालिकाका कर्मचारी, जनप्रतिनिधिले खोप लगाएको बताइन् । उनले त्यसो बताए पनि २० वर्षदेखि ६० वर्ष उमेर समूहको विवरण भरेर खोप कार्डसहित खोप लगाएको भेटिएको छ ।

उपमेयर, मिना कुमारी लामा

उता, यसबारे स्वास्थ्य कार्यालय भने बेखबर छ । यस विषयमा स्वास्थ्य कार्यालय प्रमुख प्रणय कुमार उपाध्यायले केन्द्रमा माग गरिएको १६० र पहिलो चरणमा प्राप्त भएको ४५ गरी २०५ भाइल कोभिसिल्ड खोप मध्ये ५ भाइल खोप हेटौँडा उपमहानगरपालिकालाई पठाइएको जानकारी दिए । उनले खोप लगाउने काम सम्बन्धित पालिकाको भएकाले कसलाई लगाउने कसलाई नलगाउने भन्ने कुरा पालिका आफैले निर्धारण गर्ने विषय भएकाले यसबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

27.64¡ÆC