नरोत्तम वैद्यद्वारा आत्मालोचना, संसदको रेकर्डबाट टिप्पणी हटाइयो

जेष्ठ २९, २०७८ मा प्रकाशित | 506 views

हेटौडा । नेपाली कांग्रेस वाग्मती प्रदेश सभाका सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा दिएको अभिव्यक्तिप्रति आत्मालोचना गर्नुभएको छ । प्रदेश सभाको बैठकमा वैद्यले आफूले आवेगमा आएर संविधानले दिएको स्वतन्त्रताभन्दा धेरै बोलेको भन्दै आत्मालोचना गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीप्रति आफ्नो कुनै रिसइबी नरहेको र उहाँको कार्यशैलीका कारण केही आवेगमा आएर चाहिनेभन्दा धेरै बोल्न पुगेको वैद्यको भनाइ छ । आफ्नो कुरा संसदीय मर्यादाभन्दा बाहिर रहेको पनि वैद्यले स्वीकार गर्नुभएको छ । उहाँको अभिव्यक्ति प्रदेश सभाको रेकर्डबाट पनि हटाइएको छ ।

शुक्रवारको बैठकमा नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीले मनपरि गरेर देश डुबाउन लागेको भन्दै नेपालमा कोही नाथुराम गोड्से बन्नुपर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web