गण्डकीको मुख्यमन्त्रीमा गुरुङको पनि दाबी

जेष्ठ २९, २०७८ मा प्रकाशित | 530 views

<p><b>पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गर्नुभएको छ । गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्र सहित फेरि मुख्यमन्त्रीमा दावी गर्नुभएको मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले बाताउनुभयो । गुरुङले जनमोर्चाको कृष्ण थापाको पत्र र जसपा प्रदेश कमिटीको पत्रसहित दावी गर्नुभएको हो । </b></p><p><b>नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखकै सामुन्नेमा उपस्थित गराई मुख्यमन्त्रीको दाबी गर्नु भएको थियो साथै दुई दिन अघि विश्वासको मत प्राप्त गर्न नसक्नु भएका गुरुङले पुन : दाबी गर्नु भएको छ । मुख्यमन्त्री पदको दाबीका लागि आज ३ बजेसम्मका लागि समय दिइएको थियाे&nbsp; ।</b><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web