बाघखोर । बेलकोटगढी नगरपालिकाबाट उपलब्ध गराइने सामाजिक सुरक्षाभत्ता अधिकांश लाभग्राहीको सम्बन्धित बैक खातामा पठाइएको छ । बैंक खाता निष्क्रिय रहेका लाभग्राहीहरुको लागी भने अध्यावधिक नहुदाँ रकम पठाउन समस्या भएकाले वडा कार्यालय तथा सानिमा बैंकको शाखा कार्यालयमा सम्पर्क राख्न बेलकोटगढी नगरपालिकाले सूचना मार्फत अनुरोध गरेको छ ।

नगर प्रमुख राजेन्द्ररमण खनालले हिजो अर्को सूचना जारी गर्दै सामाजिक सुरक्षा भत्ता बापतको रकम यसअघि लाभग्राहीलाई नगद रुपैयाँ वितरण गर्ने व्यवस्था रहेकोमा नेपाल सरकारको निर्णय अनुसार भत्ता वितरणलाई सरल, व्यवस्थित एवं पारदर्शी बनाउन बैंकिङ प्रणाली अनिवार्य गरेकाले सबै लाभग्राहीको बैंक खातामा रकम पठाउने क्रममा अधिकांशको खातामा पुगिसकेको र केहीको खाता निष्क्रिय रहेकाले वडा तथा सानिमा बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

लाभग्राहीलाई बैंककसम्म जान शारिरिक रुपमा कमजोरी देखि निषेधाज्ञाको कारण समस्या भएको गुनासो आएसगैँ वडा कार्यालयमा नै विवरण संकलन गरेर निष्क्रिय रहेको खाता सुचारु गर्ने व्यावस्था मिलाइएको नगरप्रमुख राजेन्द्ररमण खनालले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार यो वर्ष पहिलो पटक बैंकिङ्क प्रणाली मार्फत रकम उपलब्ध गराउनुपर्ने बाध्यकारी नीतिका कारण नगरपालिकाको भौगोलिक विकटता र नयाँ प्रणालीको शुरुवातको समय भएकाले आवश्यक पर्ने कागजात जुटाउन समय लागेको हुदाँ केही ढिलो भएपनि यो आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको लाभग्राहीको भत्ता बैंक खातामा उपलब्ध गराइएको छ । बैंकिङ्क प्रणाली मार्फत रकम उपलब्ध गराउदाँ खाता निष्क्रिय रहेका लाभग्राहीले आफ्नो वडा कार्यालयबाटै अथवा शाखा कार्यालयमा गएर सुचारु गर्न र अन्य समस्या भएपनि वडा मार्फत समाधानको लागी पहल गर्ने व्यावस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद खतिवडाले जानकारी दिनुभएको छ ।

यद्यपी, कानूनी प्रक्रिया, तथ्याङ्कको शुद्धाशुद्धीको प्रमाणीकरण, बैंक खातामा रकम पठाउदाँ देखिएको समस्यालाई नबुझि गरपालिकाले नियतवस रुपमा भत्ता नबाढेको लगायतका झुठा विषयलाई सामाजिक सञ्जाल तथा सार्वजनिक क्षेत्रमा भएका टिप्पणी प्रति नगरपालिकाले खण्डन गरेको छ ।

‘नगरपालिकाबाट यही जेठ २१ गते प्रकाशित सूचना अनुसार एम.आई.एस. प्रणालीमा समावेश भएका लाभग्राहीको फाल्गुनसम्मको सामाजिक सुरक्षा भत्ता सानिमा बैंकमा पठाईसकिएको र सम्बन्धित लाभग्राहीको व्यक्तिगत खातामा समेत जम्मा भैसक्दा पनि रकम नबाढेको लगायतका गलत प्रचार गर्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएको टिप्पणीको पछि नलागी यथार्थ बुझ्न नगरबासीलाई अनुरोध गरिएको छ ।

नगरप्रमुख राजेन्द्ररमण खनालले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन भएको विलम्ब बैंकिङ्क प्रणालीको सुरुवातको समयको समस्या रहेको स्पष्ट बनाउदै नगरबासीको तमाम समस्या समाधानको लागी कार्यालय इमान्दारिताको साथ जिम्मेवार समेत रहेको पनि बताउनुभएको छ ।

अन्य स्थानीयतहको भन्दा विकट तथा भौगोलिक रुपमा कठिनाई अबस्था भएपनि जनताको सेवा प्रवाहमा सुशासन र सिमित श्रोत मार्फत समानुपातिक रुपमा विकासको गतिविधि निरन्तर उपलब्ध गराउन नगरपालिका सक्रिय रहेको नगरप्रमुख राजेन्द्ररमण खनालले प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले जनताको लागी सार्वजनिक सेवा प्रवाहदेखि दैनिक जनजीवनमा पर्ने कठिनाईको लागी समेत नगरपालिका अभिभावक सँस्था बनेर समस्या समाधानको लागी सदैव तयार रहेकाले केही गुनासो तथा समस्या भएमा वडा कार्यालय तथा सिधै पालिकामा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।

20.12¡ÆC