कोरोना सक्रमित पहिचानको लागी सूर्यगढीका अध्यक्ष बस्तीबस्तीमा

जेष्ठ २५, २०७८ मा प्रकाशित | 455 views

चोकदे । नुवाकोटको सूर्यगढी गाउँपालिकाले कोरोना रोगको परीक्षणको दायरालाई ब्यापक बनाएको छ ।

विभिन्न पाँचवटा वडा रहेको गाउाँपालिकाको सबै वस्तीसम्म नै कोरोना रोगको सक्रमणको दर फैलिएको पुष्टि भएकाले नियन्त्रणको लागी रोगको पहिचानलाई पहिलो प्रथामिकता दिइएको गाँउपालिकाको अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिनुभएको छ ।

अहिले महामारीको रुपमा फैलिरहेको कोरोना रोगको रोकथामको लागी सूर्यगढी गाउँपालिकाले सबै वडाका बस्तीहरुमा रोगको परीक्षणलाई ब्यापक रुपमा अघि बढाउदै शंकास्पद लक्षण भएका तथा कोरोना सक्रमित व्यक्तिको सम्पर्कमा जोडिएकाहरुलाई कोरानो रोग भए÷नभएको परीक्षणको लागी जाँच गराउन स्वास्थ्यकर्मीको टोली खटाइएको छ ।

गाँउपालिको स्वास्थ्य शाखाबाट खटिएका स्वास्थ्यकर्मीको टोलीले टोल तथा वस्तीहरुमा कोही कसैलाई ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, शरीर दुख्ने तथा गाह्रो हुने लगायतका कोरोना रोगसंग मिल्दोजुल्दो लक्षण भएका बिरामीको लागी आवश्यक स्वास्थ्य उपचार सेवा सहित कोरोनाको एण्टिजेन जाँच गर्ने र पिसिआर परीक्षणको लागी स्वाब संकलन गर्ने कार्यलाई जोड दिइएको छ ।,

यस्तै, कोही कसैलाई शंकास्पद लक्षण देखिएमा पनि कोरोना रोगको परीक्षणको लागी वडा तथा गाँउपालिकाको कार्यालयमा सम्पर्क गर्न तथा त्यसको सूचना दिनको लागी आग्रह गरिएको गाउाँपालिकाको अध्यक्ष सन्तबहादुर घलेले आग्रह गर्नुभएको छ ।

पालिकाबासी कोही कसैलाई स्वास्थ्यमा समस्या भएमा तथा गाह्रो अफ्ठ्यारो भएमा गाउँपालिकाले बिरामीको परीक्षण, उपचार तथा परामर्शको लागी घरदैलोमै स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हुदाँ रोग लुकाएर बस्नुभन्दा समयमै जाँच गराई स्वास्थ्य सुरक्षाप्रति सजग रहनको लागी सूचना मार्फत सचेत गराइएको छ ।

गाँउपालिकाले जारी गरेको सूचनामा पालिकाको विभिन्न वस्ती र टोलमा गरिएको एण्टिजेन र पिसिआर परीक्षणमा धेरै व्यक्तिहरुमा कोरोना भाइरसको सक्रमण देखिएको हुदाँ रोग नियन्त्रणको लागी तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्डको अनिवार्य रुपमा पालना गर्नको लागी अनुरोध गरिएको छ ।

कोरोना रोक्नको लागी नुवाकोटमा गएको बैशाख २१ गतेदेखि प्रशासन कार्यालय मार्फत जारी गरिएको निषेधाज्ञा आदेश र सूर्यगढी गाउँपालिकाको तर्फबाट सजगता अपनाउन गरिएको आग्रह अनुसार भौतिक दुरी कायम राख्न र घरबाट अति आवश्यक काम भएमा मात्रै बाहिर निस्कन र बाहिर जादाँ स्वास्थ्य सावधानी अपनाउन गाँउपालिकाको अध्यक्ष सन्तबहादुर घलेले अपिल गर्नुभएको छ ।

कोरोना रोग नियन्त्रणको लागी हालै नेपाल सरकारले जारी गरेको ‘कोभिड–१९ संकट व्यावस्थापन सम्बन्धमा व्यावस्था गर्न बनेको अध्यादेश’ अनुसार तोकिएको नियमको अनिवार्य रुपमा पालना गर्न सूर्यगढीबासीलाई अपिल गरिएको छ ।

रोगको सक्रमण रोक्नको लागी गाँउपालिकालको अध्यक्ष स्वास्थ्यकर्मीको टोली सहित वडा नं.१ को लच्याङ, वडा नं २ र ३ मा पर्ने बागेश्वरी, वडा नं. ४ मा पर्ने हल्देकालिका र वडा नं .५ मा पर्ने गणेशस्थानमा दैनिक रुपमा खटिदै आउनुभएको छ ।

अहिलेको समयमा पालिकाको मुख्य काम नै रोग नियन्त्रणमा लिनुपर्ने दायित्व भएको र त्यसको लागी सबै नागरिकको पहुँचमा खोप नआएसम्म रोगको पहिचान, उपचार र स्वास्थ्य सुरक्षाको मापदण्डको अनिवार्य पालनाको विकल्प नभएको भन्दै पालिकाबासीलाई सचेतना जगाउदै गाउँपालिकाको अध्यक्ष सन्तबहादुर घले टोल र बस्तीहरुमा पुग्दै आउनुभएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार हाल सूर्यगढी गाउँपालिकामा ९८० जनामा गरिएको परीक्षणमा २६० जना व्यक्तिमा कोरोना रोगको सक्रमण पुष्टि भएको छ । त्यसमध्ये अहिले १०२ जनाव्यक्ति कोरोनाबाट सक्रिय सक्रमित भएकाले स्वास्थ्यकर्मीको निगरानीमा घरकै एकान्तबास तथा पालिकाले बनाएको आइसोलेसन केन्द्रमा स्वाथ्यकर्मीको निगरानीमा उपचार गराउदै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web