नुवाकोटमा कोरोना सक्रमित थप तीन जनाको मृत्यु

जेष्ठ २३, २०७८ मा प्रकाशित | 654 views

त्रिशूली । नुवाकोटमा कोरोना रोगबाट सक्रमति भएर उपचाररत तीन जनाको निधन भएको छ । दुई जनाको त्रिशूली अस्पतालमा र एक जनाको घरकै एकान्तबाँस (होमआइसोलेसन)मा निधन भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तम खनालले जानकारी दिनुभयो ।

उहाँको अनुसार कोरोना रोग लागेर त्रिशूली अस्पतालमा उपचाररत विदुर नगरपालिका–४ का ३२ वर्षीयाँ एक महिला र ककनी गाउँपालिका घर भएका ६० वर्षीय एकजना पुरुषको शनिबार राती निधन भएको हो । कोरानो रोगबाट सक्रमित भएर उपचारको लागी अबस्था जटिल भएसगैँ उनीहरुलाई पछिल्लो एक सातादेखि सघन उपचार कक्ष (आइसियु)मा भेन्टिलेटरको सहायतामा राखिएको थियो ।

यस्तै, कोरोना रोग लागेर घरमा उपचाररत जिल्लाको दुप्चेश्वर गाँउपालिका–२ का ३७ वर्षीयाँ एक महिलाको गएराती निधन भएको छ । सक्रमित भएसगैँ स्वास्थ्यकर्मीको निगरानी घरमै उपचार गराउदै आएको भएपनि श्वासप्रश्वासमा समस्या देखिएको कारण ती महिलाको शनिबार राती १२ बजे मृत्यु भएको वडा नं .२ का वडाध्यक्ष दावा लामाले जानकारी दिनुभयो ।

पछिल्लो चौविस घण्टामा कोरोनाको कारण तीन जनाको निधन भएगसैँ नुवाकोटमा कोरोना रोगबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्ला भित्र २९ जना पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । हाल जिल्लामा कोरोनाको सक्रिय सक्रमितको सङ्ख्या ९४४ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web