नुवाकोटमा २९ दाताले गरे रक्तदान, जिल्लामा आवश्यक नभएपछि संकलित रगत भक्तपुर पठाइयो

जेष्ठ २२, २०७८ मा प्रकाशित | 671 views

त्रिशूली । देशभर रगतको चरम अभाव भईरहेको समयलाई मध्यनजर गर्दै नुवाकोट जिल्लामा रगत व्यवस्थापनमा क्रियाशिल संस्था ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’को आयोजनामा २९ जना दाताले रक्तदान गरेका छन् ।

रक्तसञ्चार केन्द्र कोलनीमा भएको रक्तदान कार्यक्रममा कोरोना रोग जितेका तथा जीवनमा पहिलो पटक रक्तदान गर्ने दाताहरुको समेत सहभागितामा २९ जना दाताले रक्तदान गरेको ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’का संयोजक मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार कोरोना रोगको सक्रमणको जोखिमको कारण बृहत्त रुपमा रक्तदान कार्यक्रम प्रभावित भएको तथा निषेधाज्ञाको कारण आउजाउ गर्न दातालाई हुने गरेको समस्याले रगतको अभाव मुलुकभर भैइरहेको समयमा नुवाकोटमा भएको प्रभावकारी व्यवस्थापनबाट रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

एक साता अघि गरिएको प्लाज्मा र रक्तदानमा २३ जना दाताले रक्तदान गरेको थियो भने आज गरिएको कार्यक्रममा २९ जना दाताले रक्तदान गरेसगैँ नुवाकोटमा रगतको अभाव हुन नदिनको लागी रक्त सञ्चार केन्द्र र ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’को व्याबस्थापन प्रभावकारी देखिएको छ । अघिल्लो पटकको जस्तै यो पटक पनि दाताहरुले दिएको रगत नुवाकोटको लागी आवश्यक नपर्ने भएसगैँ रक्त सञ्चार केन्द्र भक्तपुरमा पठाइएको ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’का  सदस्य सुशील अधिकारीले जानकारी दिनुभएको छ ।

रक्तदान कार्यक्रम सञ्चालनको लागी दाह्री ग्याङ नुवाकोट र विदुर नगरपालिका वडा नं ७ तुप्चेमा रहेको जन–जागृती युवा क्लबले समेत सहयोग गरेको थियो भने नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र कोलनीको प्राविधिक सहयोग पुराएको थियो ।

नुवाकोटका युवाहरुको स्वःस्फुर्त समूहको रुपमा रहेको ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’ले नुवाकोट भित्र सहित नुवाकोटका बिरामीको लागी जिल्ला बाहिर उपचारको क्रममा आवश्यक पर्ने रगतलाई व्यावस्थापन गराउन सहजिकरण गर्दै आएको छ भने आवश्यक अन्य मानवीय सहयोगको लागी पनि सक्रिय रहदै आएको छ ।

‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’ले कोरोना रोगको सक्रमणको जोखिमको समयमा आर्थिक अबस्था कमजोर भएका तथा विपन्न, असहाय, ज्येष्ठ नागरिक, एकल महिला तथा अलपत्र अबस्थामा रहेका वर्गको लागी खाद्यान्न र लत्तकपडा सहितको राहत सहयोग उपलब्ध गराउदै आएको छ ।

रक्तदान कार्यक्रमको केही तस्वीरहरु :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web