काँग्रेस नेता आचार्यबाट तीन अस्पताललाई भेन्टिलेटर उपलब्ध

जेष्ठ २२, २०७८ मा प्रकाशित | 527 views

त्रिशूली । विघटित प्रतिनिधिसभा सदस्य एवम् नेपाली काँग्रेसका नेता मोहन आचार्यले रसुवा र नुवाकोटका तीन सरकारी अस्पताललाई मिनीभेन्टिलेटर सहितका अत्यावश्यक स्वास्थ्य सहायता सामाग्री बिहीबार उपलब्ध गराउनुभएको छ ।

विशेषगरी कोरोना रोगबाट सक्रमित भएका बिरामीको उपचार सेवा प्रभावकारी बनाउने उद्देष्यले नेता आचार्यले रसुवाको जिल्ला अस्पताल धुन्चे र जिबजिबे ग्रामिण अस्पताललाई दुई–दुई थान मिनी भेन्टिलेटर सहितको स्वास्थ्य सहायता सामाग्री उपलब्ध गराउनुभएको हो । उहाँले रसुवाको लागी मिनिभेन्टिलेटर चारथान सहित अक्सिमिटर ३० थान, आधुनिक श्यया पाचथानको साथमा सर्जिकल मास्क तीन हजार थान रसुवाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकाललाई हस्तान्तरण गर्नुभयो । उक्त सहायता सामाग्रि रु.१६ लाख मूल्य बराबरको रहेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

उक्त अवसरमा काँग्रेस नेता आचार्यले कोरोना रोगको संक्रमण बढेसँगै जटिल प्रकृतिका बिरामीहरु देखिन थालेको र उपचारका लागि रसुवाबाट बाहिरी जिल्ला जानुपर्ने बाध्यता अन्त्य गराउन सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो । “रसुवाका स्थानीयतहका अध्यक्षहरुसंग समन्वय गरेर मागअनुसारको सामाग्रि उपलब्ध गराएको हो ।” उहाँले भन्नुभयो “माग र आवश्यकता अनुसार अक्सिमिटर लगायतको सामाग्रि जिल्ला संकट व्यवस्थापन केन्द्र मार्फत वितरण गर्न भनेका छौ ।”

यसैबीच, काँग्रेस नेता आचार्यले बिहीबार नै त्रिशुली अस्पताल नुवाकोटलाई दुई थान मिनि–भेन्टिलेटर सहित एकथान आइसियुमा प्रयोग हुने सामाग्रि (एभिजी) सहितको स्वास्थ्य सहायता सामाग्रि अस्पतालका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेलाई प्रदान गर्नुभयो । उक्त सामाग्रिको मूल्य रु.१६ लाख बराबरको रहेको छ ।

उहाँले चालु आर्थिक वर्षमा त्रिशूली अस्पतालको लागी ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’को रु.४६ लाख समेत सहयोग उपलब्ध गराउनुभएको थियो ।

रसुवा र नुवाकोटका बिरामीको उपचार सेवा प्रभावकारी बनाउन सरकारी मात्रै नभई व्यक्तिगत लगानीमा उहाँ मार्फत एम्बुलेन्स सेवा सञ्चालन, स्वास्थ्यबीमा कार्यक्रम, स्वास्थ्य सहायता सामाग्रि उपलब्ध लगायतको सहयोग निरन्तर हुदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web