त्रिशूली । पछिल्लो चौविस घण्टामा नुवाकोटको त्रिशूली अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जना व्यक्तिमा कोरोना भाइरसको सक्रमण देखिएको छ । कोरोना रोगको सक्रमण देखिएका मध्ये सबैजना नुवाकोटमा घर भएको तथा नुवाकोटमै बसोबास गर्र्दै आएका व्यक्तिहरु रहेका छन् ।

त्रिशूली अस्पतालले संकलन गरेको जाच गरिएको ६८ जनाको नमूना परीक्षणमा १९ जना व्यक्तिमा कोरोनाको सक्रमण देखिएको नतिजा आएको छ । यस्तै, बेलकोटगढी नगरपालिकाले स्वाब संकलन गरेर जाच गर्न पठाएको ६ जनाको नमूना परीक्षणमा ३ जना व्यक्तिमा कोरोनाको सक्रमण देखिएको छ ।

यस्तै, पञ्चकन्या गाउँपालिकाले स्वाब संकलन गरेर जाँच गर्न पठाएको ७० जनाको नमूना परीक्षणमा ६ जना व्यक्तिमा कोरोनाको सक्रमण भएको नतिजा देखिएको छ ।

यस्तै, त्रिशूली अस्पतालमा जाँच गराउन पुगेका १८ जना बिरामीमा गरिएको एण्टिजेन परीक्षणमा थप ७ जना व्यक्तिमा कोरोनाको सक्रमण देखिएको नतिजा आएसगैँ नुवाकोटमा पछिल्लो चौविस घण्टामा पिसिआर बिधिबाट २८ जना र एण्टिजेन परीक्षणबाट थप ७ जना गरेर कुल ३५ जना व्यक्तिमा कोरोनाको सक्रमण देखिएको अस्पताल प्रयोगशालाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

अस्पतालको प्रयोगशालामा जाँच गरिएको स्वाबको नमूनामा अघिल्ला दिनहरुको तुलनामा निकै कम अर्थात १९ प्रतिशत नमूनामा मात्रै कोरोना रोगको सक्रमण देखिएको छ । निकै कम नतिजा आएसगैँ प्रयोगशालाले पुनः दो¥याएर समेत परीक्षण गर्दा समान नतिजा नै देखाएको जनाएको छ ।

यसैबीच, स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार पछिल्लो चौविस घण्टामा नुवाकोटमा ९९ जना व्यक्तिले कोरोना जितेर स्वस्थ हुदैँ समुदायमा फर्किएका छन् । नुवाकोटमा कोरोना लाग्नेको कुल सङ्ख्या ३ हजार ७१९ जना पुगेको छ भने त्यसमध्ये निको हुनेको सङ्ख्या अहिलेसम्म दुई हजार ७४२ जना पुगेका छन् ।

नुवाकोटमा अहिले कोरोनाको सक्रिय सक्रमितको सङ्ख्या ९५१ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको सक्रिय सक्रमित भएका मध्ये अहिले ३२ जना त्रिशूली अस्पतालमा उपचारको लागी भर्ना भएका छन् भने ६७ जना स्थानीयतहले बनाएको आइशोलेसन केन्द्रमा र बाँकी ८५२ जनालाई घरकै एकान्तबाँसमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ ।

17.86¡ÆC