नलगाउँ । नुवाकोटको बेलकोटगढी नगरपालिकाको वडा नं.९ मा पुनः कोरोनाको सक्रमण देखिन थालेकाले सतकर्ता अपनाउन अपिल गरिएको छ । नगरपालिकालको केन्द्र रहेको वडाको नलगाउन आसपासको क्षेत्रबाट गरिएको स्वाब संकलन अन्तरगत २० जनाको परीक्षणमा १३ जना व्यक्तिमा कोरोनाको सक्रमण देखिएसगैँ उच्च सावधानी अपनाउन नगरप्रमुख राजेन्द्ररमण खनालले आग्रह गर्नुभएको हो ।

कोरोना रोगको सक्रमण नियन्त्रणको लागी आवश्यक सबै पूर्वसतकर्ता अपनाउन, सक्रमित व्यक्तिलाई घरकै एकान्तकबाँसमा बस्दा स्वास्थ्य सुरक्षाको मापदण्डको अनिवार्य रुपमा पालना गर्न, स्वास्थ्यमा कुनै समस्या देखा परेमा नगरपालिका मार्फत सञ्चालनमा रहेको कोभिड–१९ अस्पताल तथा आइशोलेसन केन्द्र पाचखलेमा रहेका चिकित्सक र स्वास्थ्यकमींसंग सम्पर्क गर्न नगरप्रमुख राजेन्द्ररमण खनालले अनुरोध गर्नुभएको छ ।

कोरोना रोगको सक्रमण देखिएका व्यक्तिको स्वास्थ्य अबस्था अहिलेसम्म सामान्य पाइएकोले सक्रमित व्यक्तिको सम्पर्कमा रहेकाहरुको पनि अबको २–३ दिनपछि स्वाब संकलन गरिने भएकाले त्यस समयसम्म सुरक्षित रुपमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरेर घरमै बस्न बेलकोटगढी नगरपालिकालको स्वास्थ्य शाखा प्रमुख सत्येन्द्र शाहले आग्रह गर्नुभएको छ ।

यसैबीच, बेलकोटगढी नगरपालिकालको वडा नं.१२ बाट शंकास्पद लक्षण देखिएका तथा सक्रमितको सम्पर्कमा जोडिएका थप ४० जनाको स्वाब संकलन गरेको छ । वडा नं .१२ बाट हिजो १७ जना पुरुष र २३ जना महिला गरेर ४० जनाको नमूना सकलन गरिएकाले स्वाब दिएका व्यक्तिहरुलाई नतिजा प्राप्त नभएसम्म घरकै एकान्तबाँसमा बस्न र स्वास्थ्य सुरक्षामा उच्चतम सतकर्ता एंव सावधानी अपनाउन तथा स्वास्थ्यमा कुनै समस्या भएमा सम्पर्क गर्न आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख सत्येन्द्र शाहले अपिल गर्नुभएको छ ।

19.08¡ÆC