राजतन्त्र फ्यालेर नेतालाई आएको अनि जनतालाई कहिल्यै नआएको गणतन्त्रको शुभकामना !

जेष्ठ १५, २०७८ मा प्रकाशित | 1851 views

२०५८ जेठ १९ राजा बिरेन्द्रको वंन्श नाश पछि सत्तामा आएका बिरेन्द्रका माहिला भाई ज्ञानेन्द्र बिर बिक्रम शाहदेव लाई सुरु बाटै आफ्नै दाईको वंन्श बिनाशको आरोप लागेको थियो । नेताहरु प्रत्येक भाषणमा तेहि शब्द बारम्बार दोहोर्‍याएका हुन्थ्ये जुन नेपाली जनतामा एकप्रकारले नराम्रो जरा गडेर बसेको थियो यहिनै पहिलो कारण हुनु पर्छ सायद ज्ञानेन्द्र संग नेपाली जनता यति धेरै आक्रोशमा आएका ।

हुनत राजा ज्ञानेन्द्र आउनु पहिला चै यो देश त्यति राम्रो राजनैतिक र आर्थिक धरातलमा उभिएको कहाँ थियो र पाईला पाईलामा मावोवादिको त्रास अनि आर्मी पुलिस र सशस्त्रको क्रियाकलापले जनता आक्रन्त्र  थिय । २ घन्टा बराबरको यात्रा गर्न ५ घन्टा सम्म लाग्थ्यो मेरै जिल्ला नुवाकोट बाट काठमाडौ पुग्न ७ घन्टा सम्म लागेको मलाई थाहा छ । सरकारी कार्यलयको कुरै नगरौं यति बेथिति थियो कि सामान्य नागरिकता बनाउन पनि दुई तीन दिन लाग्ने अवस्थामा देश थियो । सरकार एक वर्ष टिकेको सायद मलाई यादनै छैन (गिरिजाप्रसाद, शेर बहादुर, कृष्ण प्रसाद, शुर्यनाथ, लोकेन्द्र बहादुर) आदिकै आसपासमा देशले बेहाल खेपिरहेको थियो । २०५२ मा मावोवादी जनयुद्ध सुरु भएदेखिनै हो कलकारखानाहरु भट्टाभट बन्द हुन थालेका अनि बेरोजगारी चरम सिमामा पुगेको अवस्था थियो ।

भएका उद्योगहरु बन्द हुनाले गरिव निमुखा जनता भोकभोकै मोर्न पर्ने अवस्था थियो तेतिनै बेला हुनु पर्छ सायद नेपाली काङ्ग्रेसको सरकारले वैदेशिक रोजगारिलाई प्राथमिकतामा राख्दै नेपाली जनतालाई खाडी लगायत अन्य मुलुकमा रोजगारिको लागि जान खुल्ला गरेको । मावोवादी जनयुद्धले जनता भोकभोकै मर्न लागेको बेला राहत स्वरुप पासपोर्ट बोकाएर वैदेशिक रोजगारिमा जाँदा एकातिर आफ्नो अनि देशको आर्थिक अवस्था उकास्न मद्दत गर्थ्यो भने अर्को तिर आफ्नै देशमा आज मोर्ने कि भोलि मोर्ने भन्ने डर बाट जनताले राहत पाउथ्ये त्योबेलाको अवस्थामा तेस्तो कदम मलाई एकदम सहि लागेको थियो ।

स्थानीय निकायको चुनाव नभएको धेरै भएको थियो एकातिर मावोवादी समस्या अर्कोतिर स्थानीय जनप्रतिनिधि नहुनाले व्यापक भ्रष्टाचार र अराजकता हुनु स्वभाविकनै थियो केन्द्रमा सत्ता प्राप्तिको लडाइ अनि देशमा मावोवादी संगको लडाई देशकोलाई त्यो बेला ठूलो रोगनै भएको थियो जस्को उपचार सजिलैसँग पाउन सकिने अवस्था थियेन । राजनैतिक दल अनि दलका नेताहरु बारम्बार असफल हुँदै गएको अवस्थामा राजाले संविधानको प्रयोग गरेर वा उलंघन गरेर  सत्ता आफ्नो हातमा लिनु ठिक थियो कि गलत मैले त्यो बेलादेखी आजसम्म बुझ्न सकेको छैन तर आजको दिन सम्म आइपुग्दा यति बुझेको छु कि त्यो बेला ज्ञानेन्द्रले तेस्तो कदम नचालेको भने आज सम्म राजसंन्स्था जिवित रहने थियो । तेति हुँदाहुँदैपनि राजाले प्रजातन्त्रनै मासेर राजनैतिक दल हरुलाई बन्देज लगाउने काम चैं गरेका थियेनन् राजाको उध्येश्य राजनैतिक दलहरुलाई सुध्रिने मौका दिनु थियो होला सायद तेसैले यो नेताहरुले भनेको जस्तै तानाशाह चैं भन्न मिल्दैन । राजा ज्ञानेन्द्रले सबै राजनैतिक दलहरू लाई आमन्त्रित गरेर स्थानीय निर्वाचन गराए तर बिडम्बना राजनैतिक दल हरुले भाग नलिने निर्णय गरे जुन एकदम गलत लागेको थियो मलाई ।

त्यो बेला चुनावमा भाग लिगेका भए ढिलै भएपनी जनताले आफ्नो जनप्रतिनिधि पाउने थिए भने यो कुरालाई सकारात्मक तरिकाले प्रचार गर्न सकेको भए मावोवादी पनि केही हदसम्म लाईनमा आउने थियोकी भन्ने मेरो भनाई हो । तथापि ५०% भन्दा कम मत खसेर भएपनी चुनाव भयो जनताले आफ्नो प्रतिनिधि पाए मेरो नगरमा स्वर्गीय कमान सिंह लामा बिजय हुनुभयो । मैले बुज्ने भएपछि थाहा पाएको मेयर उहाँनै हुनुहुन्छ । (स्वर्गीय कमान सिंह लामा काका प्रती हार्दिक समबेदना प्रकट गर्दछु )

ज्ञानेन्द्रको व्यक्तिगत सुधारका प्रयासका वावजुत उनी सफल नहुनुको प्रमुख कारण भनेकै पुरानै अनुहारका मन्त्री मन्डल र प्रतिनिधि पात्रहरु नै हो । यद्यपि केही नयाँ र आशालाग्दा अनुहार नभएका भने पक्कै हैन श्रीष समशेर जबरा अनि डा. उपेन्द्र देवकोटा उदाहरण पात्र हरु हुन् । एकातिर भारत जस्तो दुष्ट छिमेकी जस्को उद्देश्य नेपाल कब्जा गर्नुनै हो भने उसका गोटि राजनैतिक दलका नेता हरु अनि भारतलेनै हुर्काएको मावोवादी अर्कोतिर धुस र भ्रष्टाचारले थला परेको कर्मचारीतन्त्र अनि भेडा जस्ता नेपाली जनता, यस्ता कुरुतिलाई एक्लैले हटाउन सक्ने कुरै थिएन राजा ज्ञानेन्द्रले ।

मावोवादी जनयुद्ध चरम सिमामा भएको बेलामा राजनैतिक दल अनि तिनका नेता र कार्यकर्ताको जनता बेहकुफ बनाउने भासण ठाउँठाउँमा देख्न पाइन्थ्यो भने त्यो भन्दा ठूलो भारतीय नागरिक कैलाश सिहोरियाले संचानन गरेको कान्तिपुर र उसका पत्रकारहरु यस्तै थुप्रै भारतिय द्वारा संचालित नेपाली मिडियाहरुले राजा ज्ञानेन्द्रलाई एकहोरो बिरोध मात्र गर्न थाले । जनतालाई देशको सबैभन्दा ठूलो दुश्मन अनि बिकासका बाधक राजा नै हो जस्तो लाग्न थाल्यो । दुखको कुरा के भने राजाले सुधार गरेका अनि राम्रा काम कहिँकतै कहिले कसैले पनि गरेनन् त्यो बेलाको सबै दोष राजा माथिनै लगाइयो किनकी तेहि गर्न मिडिया हरु परिचालित थिय र आज सम्म पनि छन् जनताले आफ्नो बिबेक लगाएनन् जे सुने तेहि पत्याए । त्यो बेला राजा ज्ञानेन्द्रले  दुईवटा ठुला गल्तिहरु गरे पहिलो राजाले दलका नेताहरुलाई पक्राउ गर्नुहुने थिएन र अर्को पक्राउ गरेपछी नेताहरुलाई सिध्याउनु पर्ने थियो जुन राजाले गरेनन् तेहि दोश्रो गल्तिको भाग आजसम्म पनि देश र जनताले भोग्न परेको छ ।

२०६२ सालको चैत महिना देश दुई तिर बाट तातिएको अवस्था थियो एक त चैत महिना उग्र गर्मीको मौसम थियोभने अर्को देशको राजनैतिक उतारचढाव अनि सात दलको सहभागितामा  जनाअन्दोलन घोषणाले तातिएको थियो । +२ सकाएर काठमाडौ छिरेको १७ वर्षको लक्का जवान मलाई चैत्रको गर्मी भन्दापनी राजनैतिक गर्मिले त्यो बेला अलि बढीनै छोएको थियो राजनितिमा खासै ईच्छा नभएपनि खुल्लामन्च लगाएत राजधानीको अन्य ठाउँमा राजनैतिक भाषण सुन्ने बानिनै परेको थियो । मावोवादिको जनयुद्धले देश थला परेको अवस्था एकातिर भने राजाको तानाशाह अर्को तिर (वास्तवमा त्यो नेताको भाषणमा भनेको जस्तो तानाशाह नै  थिएन रैछ) तेस्तो बेलामा पनि गगन थापाको भाषणले मलाई राजनैतिक गर्मी तिर बढिनै आकर्षित गरिरहेको थियो ।

खुलामञ्चमा होस् वा माईतिघरमा गगन थापाको त्यो गर्जन सहितको भाषण सुन्न नेपालटार बाट हिडेरै पुग्थ्यें । प्रष्ट वक्ता बोलिमा दम अनि तथ्य र तर्क सहितको भाषणनै मलाई गगन थापा प्रती आकर्षित गर्ने बलियो माध्यम थियो । सत्तामा रहेको नेपाली काङ्ग्रेस लाई त्यो बेला मावोवादी जनयुद्ध राजनैतिक निकास दिनेकी राजा संग लड्ने बढो दुबिधा को बिच मावोवादी सहित सात दल मिलेर राजतन्त्र फ्याक्नको लागि संयुक्त जन आन्दोलन को घोषणा भयो । ज्ञाने चोर देश छोड भन्दै सडकमा हुलकाहुल मान्छे आन्दोलन लाई एक्यवद्धता जनाउदै आउन थाले म पनि प्रत्यक्ष वा अप्रत्यक्ष त्यो आन्दोलनमा सहभागी भए जुन म अनि मेरो पुस्ताले यो जुनिमा गरेको सबैभन्दा ठूलो गल्ती थियो ।

यसरी १९ दिन सम्म आन्दोलन पछि १५-२० जना मान्छे मारिय, तत्कालीन गृहमन्त्री कमल थापाले जब राजा समक्ष यो कुरा सुनाए तेसै दिन राजाले आफ्नो सत्ता छोडिदिए । राजाले चाहेका भए त्यो आन्दोलनलाई हतियार को भरमै भएपनी  दबाउनसक्ने थिए तर तेसो गर्दा ठूलो मात्रामा जनधनको क्षेती हुने राजालाई राम्रोसँग थाहा थियो आफ्नै देशका जनातालाई यति धेरै पाप गर्नु राजालाई राम्रो लागेन जब जनताले नै राजा चाहिदैन भनेर आफ्नो ज्यानको ख्यालनै नगरी सडकमा आएर आन्दोलन गरे भने राजाले त्यो गद्दीमा एकपल पनि बस्नु हुँदैन भन्ने लागेर होला सायद राजाले गद्दी छोडेर सर्वसाधारण जनता जसरी बस्न रुचाए ।

संसारमा सायद पहिलो घटना होला सत्तामा बसेको सत्ताधारी ले यति सजिलै अनि बिना रक्तपात सत्ता छोडेको । भारतमा गिरिजाप्रसाद , माकुने , प्रचण्ड , बाबुराम लगाएतले १२ बुँधे समझदारी गरे अनि देश बाट बिधिवत रुपमा २५० वर्षे राजतन्त्र को अन्त्य भयो । राजाले न कुनै समझदारी गरे न केही मागे सजिलै संग आफ्नो सत्ता जनतालाई छोडेर निर्मल निवासमा गए । त्यो बेला आन्दोलनमा सहभागी मलाई यो थाहा छैन कि धर्मनिपेक्ष र संघीयता आन्दोलनको नारानै थिएन खै कता बाट कस्ले अनि किन यो कुरा पछि जोड्यो थाहानै भएन जुन आज यो देशको बर्बादिको प्रमुक कारण बन्दैछ । यसरिनै देशमा गणतन्त्र को स्थापना भयो अनि देश श्री ५ को सरकार बाट नेपाल सरकार मा परिणत भयो ।

बाँकी अंश पुनः अर्को अंकमा ….

-बिष्णु प्याकुरेल

लेखक नुवाकोट कोलनी निवासी युवा व्यावसायी हुुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web