<p><b>काठमाडौ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीनले उपलब्ध गराउने खोप लिन जाने तयारीमा छ । राष्ट्रपति विद्यादेवी भण्डरी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भएको कुराकानीपछि चीनले १० लाख डाेज खोप नेपाललाई अनुदानमा दिने घोषणा गरेको हो ।<br></b></p><p><b>सोमबार नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज पठाउने तयारी गरेको निगमका प्रबन्धनिर्देशक डिमप्रसाद पौडेलले जानकारी दिनुभयाे ।</b></p><p><b>उहाँले भन्नुभयो,‘राष्ट्रपतिको आग्रहमा चीन सरकारले तत्काल उपलब्ध गराउने १० लाख डोज खोप लिन आगामी सोमबार नेपाल वायुसेवा निगमको ए ३३० बाइडबडी जहाज पठाउने तयारीमा छौँ ।’</b></p>
25.7¡ÆC