रामहरि न्यौपाने,

त्रिशूली । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले कोरोना रोग विरुद्धको खोप खरिदको लागी संघीय सरकारसंग अनुमति मागेको छ ।

कोरोना रोगको जोखिम बढिरहेको भन्दै पालिकाबासीलाई रोगबाट बचाउन सबैभन्दा उत्तम उपाय खोप लगाउनु भएकाले खरिदको लागी स्वास्थ्य मन्त्रालयसंग अनुमति माग गर्दै पत्राचार गरिएको पञ्चकन्या गाउँपालिकाको अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले जानकारी दिनुभयो । उहाँको अनुसार गाउँपालिका भित्र दैनिक रुपमा कोरोना भाइरसको सक्रमण बढ्दै गएसगैँ रोग विरुद्ध लगाउने खोप सिधै खरिद गर्न नपाउने कानूनी प्राबधान भएकाले अनुमतिको लागी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसंग माग गरिएको हो ।

अग्रपक्तिमा रहेर सेवा पुराउदै आएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी लगायतलाई संघीय सरकार मार्फत उपलब्ध गराइएको खोप लगाइसकेकाले बाँकी रहेका पालिकाबासीलाईं लगाउन खोप गरिद गर्ने निर्णय गाउँ कार्यपालिकाको बैठक गरेको हो । खरिद गरेर ल्याउने अनुमति पाएमा पालिकाबासी सबैलाई निःशुल्क खोप उपलब्ध गराउने निर्णय कार्यपालिकाको बेठकले गरेको छ ।

पञ्चकन्या गाउँपालिकाले करीब १५ हजार नागरिकलाई खोप लगाउनपर्ने अनुमान गर्दै माथिल्ला तहका सरकारसंग खोप उपलब्ध गराइदिन तथा खरिदको लागी अनुमति दिन माग गरेको प्रम्ुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले जानकारी दिनुभयो । उहाँको अनुसार खोप खरिदको लागी ‘विपद् व्यवस्थापन कोष’मा रहेको रकम र आन्तरिक श्रोत समेत गरेर तत्कालै रु.दुई करोडसम्म बजेट सुनिश्चित गरिएको छ ।

“बजेट अभाव भएमा विकास बजेट तथा अन्य श्रोतबाट समेत रकमान्तर गर्ने तयारी छ ।” उहाँले भन्नुभयो “जनतालाई रोगबाट बचाउन आवश्यक सबै कदम चाल्ने प्रयासमा पालिका लागेका छौ ।”

सक्रमितको खोज तथा पहिचान, उद्धार तथा उपचारको लागी गरिएको प्रयास मात्रै प्रभावकारी नभएको भन्दै जनतालाई रोगबाट बचाउन खोप खरिदको लागी संघीय सरकारसंग अनुमति माग सहित खरिदको लागी आवश्यक आन्तरिक प्रक्रिया समेत पञ्चकन्यााले अघि बढाएको छ । “संघीय सरकारले अनुमति दिदाँ गुणस्तरीय र विश्वसनीय कम्पनी सहितको मापदण्ड बनाइदिएमा कार्य अघि बढाउन सहज हुने थियो ।” उहाँले भन्नुभयो ।

पञ्चकन्या गाउँपालिकामा अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष सिता खड्का सहित जनताको सेवा प्रवाहमा अग्रपक्तिमा खटिदै आएका २५ जना व्यक्ति हाल कोरोनाबाट सक्रमित भएर पालिकाले बनाएको सँस्थागत आइसोलेसन केन्द्रमा बसिरहेका छन् ।

17.77¡ÆC