सरमथली । रसुवाको नौकुण्ड गाउपालिकामा कोरोनाको दोश्रो लहरको सुरुवातमै एकैपटक ४३ जनामा कोरोनाको सक्रमण देखिएपनि उच्च सजगता अपनाउदै रोग नियन्त्रणमा लिन सफल भएकोमा पुनः थप ३८ जना व्यक्तिमा रोगको सक्रमण देखिएको छ ।

रोगको सक्रमण नियन्त्रणको लागी गाउँपालिकाको अध्यक्ष नुर्बु स्याङ्बो घले र उपाध्यक्ष सिजर्ना लामाको सक्रियताले कोरोनाको दोश्रो लहरलाई पनि नियन्त्रणमा लिन सफल भएकोमा पुनः जोखिम देखिएको हो । हालै वडा नं. ५ का ६२ वर्षका पुरुषको उपचारको क्रममा आइतबार राती निधन भएको छ भने वडा नं. ३ र ४ मा पर्ने सरमथली क्षेत्रमा एकै पटक ३८ जना नयाँ सक्रमित थपिएसगैँ जोखिम बढेपछि उच्च साबधानि अपनाउन अपिल गरिएको छ । थपिएका सक्रमित मध्येमा कोरोना रोगको सक्रमण रोक्न निरन्तर जनताको सेवामा सक्रिय रहनुभएका गाउँपालिकाको उपाध्यक्ष सिर्जना लामा समेत रहनुभएको छ ।

सुरुवाती समयमा सामान्य लक्षण देखिएपनि सतकर्ता अपनाई जनताको सेवामा क्रियाशिल रहनुभएको उपाध्यक्षको राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन जानको लागी गरिएको परीक्षणमा कोरोना देखिएको थियो । यो सगैँ नौकुण्डको वडा नं. ३ र ४ को विभिन्न वस्तीका लक्षण सहितका व्यक्तिहरुबाट संकलन गरिएको ४२ जनाको नमूनाको परीक्षणमा उपाध्यक्ष सहित ३८ जनामा कोरोनाको सक्रमण देखिएको हो । सक्रमित व्यक्तिहरुको शरीरमा डाबर देखिने, ज्वरो आउने, रुघाखोकी लाग्ने, पखाला चल्ने लगायतका स्वास्थ्य समस्या देखिएको छ । गाउँपालिकाले संकलन गरेको मध्ये अझै २८ जनाको नतिजा आउन बाँकी रहेको छ ।

कोरोना रोगबाट आफै सक्रमित भएपनि गाउँपालिकाको उपाध्यक्ष सिर्जना लामा घरको एकान्तबाँसमै बसेका कोरोना सक्रमितहरुसंग निरन्तर संवाद गर्ने, स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिने लगायतमा सहजिकरण गरिरहनुभएको छ । हिजो थप भएका सबै सक्रमितलाई स्वास्थ्यकर्मीको निगरानीमा घरकै एकान्तबाँसमा राखिएको छ ।

यसैबीच, कोरानो सक्रमण मुक्त भएको नौकुण्डमा पुनः हिजो धेरै जनामा रोगको सक्रमण देखिएसगैँ ‘कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र” रसुवाको बैठक भर्चुअल माध्यम मार्फत बसेर उच्च साबधानी अपनानको लागी अपिल गरिएको छ ।

रसुवाको प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकाललको अध्यक्षतामा बसेको बैठकले ‘नौकुन्ड गाउपालिका कोभिड–१९ को जोखिम क्षेत्र भएको हुँदा त्यस क्षेत्रमा कोभिड –१९ का संक्रमण पुष्टि भएकोलाई आत्मानुशासन र मनोबल बढाउने गरि होम आइसोलेसन कीट उपलब्ध गराइ दैनिक फोन सम्पर्क मार्फत स्वास्थ्य अवस्था बारे बुझ्ने निर्णय भएको छ । यस्तै, एक वडाबाट अर्को वडा आवात–जावत गर्न निषेध गरिएको छ भने एन्टिजेन परिक्षण तथा पिसिआर परीक्षणको दायरा बढाउने र गाउँपालिकाले बनाएको आइशोलेसक केन्द्रलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ ।

यस्तै, अग्रपक्तिमा रहेर सेवा पुराउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारीहरुलाई थप हौसला प्रदान गर्ने र उच्च मनोबलको साथ कोरोना रोगको रोकथामको लागी परिचालन गरिने भएको छ । गाउँगाउँमा रोग बाट बच्नको लागी जनचेतना जगाउन प्रहरी सहित जनप्रतिनिधि र शिक्षकलाई परिचालन गरिने निर्णय नौकुण्ड गाउँ कार्यपालिकालको बैठकले गरेको छ ।

कोरोनाबाट सक्रमित भएकाहरु घरकै एकान्तबासमा राखिएकाले उनीहरुको स्वास्थ्यको जानकारी लिन गाउँपालिकाले स्वाथ्यकर्मीलाई चौविसै घण्टा परिचालन गरेको छ भने अक्सिजनको अभाव नहुने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी इश्वरप्रसाद ढकालले गरेको गाउँपालिकाको उपाध्यक्ष सिर्जना लामाले जानकारी दिनुभएको छ ।

19.17¡ÆC