नुवाकोटमा १२ गते प्लाज्माको लागी रक्तदान शिविर चलाइने

जेष्ठ १०, २०७८ मा प्रकाशित | 753 views

त्रिशूली । कोरोना रोग सक्रमित भएर अबस्था गम्भीर भएका व्यक्तिको उपचारमा प्रयोग गरिने प्लाज्मा थेरापी पद्धतिको लागी  आवश्यक प्लाजा संकलन गर्न नुवाकोटमा यही जेठ १२ गते ‘रक्तदान शिविर’ चलाइने भएको छ ।

‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’को आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको समन्वयमा कोरोना जितेर शरीरमा ‘एण्टी बडी’ अर्थात रोग प्रतिरोधात्मक क्षमता बृद्धि भएका व्यक्तिबाट रगत संकलन गर्न रक्तदान कार्यक्रम गर्न लागिएको हो । नेपालप रेडक्रस सोािइटीको केन्द्रबाट आउने प्राविधिकहरु मार्फत कोरोना रोगबाट सुरक्षित रहदै प्लाज्माको लागी रक्तदान कार्यक्रम गर्न लागिएको ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’का संयोजक मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार कोरोना रोग जितेर स्वास्थ भएका व्यक्तिबाट संकलन गरिएको रगत कोरोना सक्रमित भएर अबस्था सिकिस्त भएका बिरामीलाई चढाउदाँ शरीरमा एण्टीबडीको विकास गरेर बचाउन सकिने भएकाले नुवाकोट मात्र नभई नेपालकै पहिलो कार्यक्रमको रुपमा प्लाज्माको लागी रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

प्लाज्मा थेरापी मार्फत कोरोना सक्रमित बिरामीको उपचारको लागी विश्वमै नेपालमा गरिएको उपचार पद्धति निकै प्रभावकारी बन्दै आएको छ । त्यसको लागी अहिले दाता खोजेर रक्तदान गराउदै आएकोमा ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’को आयोजनामा १२ गते रक्तसञ्चार केन्द्र कोलनीमा शिविरको आयोजना गरिएको हो ।

प्लाज्मा संकलनको लागी आयोजित रक्तदान कार्यक्रममा कोरोना रोगलाई जितेको दुई साता भएर तीनमहिना पूरा ननाघेको व्यक्तिलाई सहभागी हुन आह्वान गरिएको छ । शरीरबाट निश्चित अबधि पुगेपछि खेर जाने रगत दान गरेर अर्को जोखिम अबस्थामा पुगेका बिरामीलाई पुर्नजन्म दिने महान कार्य रक्तदानमा सहभागी हुन अपिल गरिएको रेडक्रस नुवाकोट शाखाका मन्त्री हरी श्रेष्ठले जानकारी दिनुभएको छ ।

‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’ले नुवाकोट सहित जिल्लाभन्दा बाट समेत गएर उपचार गराउदै आएका बिरामीको लागी सहजै रगतको व्यावस्थापन गर्दै आएको छ भने देशभर नै रगत ब्यबस्थापनको लागी सहजिकरण समेत पुराउदै आएको छ ।

गएको वर्ष कोरोना रोग रोक्नको लागी लगाइएको लकडाउनको समयमा नुवाकोटमा रगतको सहज ब्यबस्थापन गराएसगैँ निकै प्रशंसा पाउदै आएको ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’ले यो वर्ष पनि निषेधाज्ञाको समयमा नुवाकोटको अस्पतालमा आवश्यक पर्ने रगतको सहजै उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web