कांग्रेसले आकस्मिक रुपमा बोलायो पदाधिकारी बैठक

जेष्ठ ८, २०७८ मा प्रकाशित | 1020 views

काठमाडौ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेस नेताहरुले छलफल गर्न लागेका हुन् । बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ । बैठक बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देउवा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमबारे छलफल हुने र आवश्यक रणनीति बनाउने जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरे पनि राष्ट्रपतिले त्यसलाई नमानेको भन्दै कांग्रेस रुष्ट छ । राष्ट्रपति र प्रधानमन्त्रीबाट विधि–पद्धति मिचेर लोकतन्त्रमाथि हमला गरेको भन्दै कांग्रेस नेताहरूबाट आक्रोशपूर्ण प्रतिक्रिया आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web