बुधसिंह । कोरोना रोगको जोखिम बृद्धिहुदै गएसगैँ नेपाल रेडक्रस सोसाइटी बुधसिंह उपशाखाले रोगको नियन्त्रणको लागी गाउँबस्तीमा पुगेर सचेतना जगाउन सुरु गरेको छ ।

रेडक्रस बुधसिंह उपशाखाले तारेकश्वर गाउँपालिका वडा न ४ बुधसिंहमा कोरोना रोगको सक्रमणको दर पछिल्लो समयमा बृद्धि हुदै गएको पाइएसगैँ आम नागरिकमा सचेतना बढाउदै रोगबाट बच्नको लागी स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्न अपिल गरेको हो ।

रेडक्रस बुधासिंह उपशाखा सभापति लोचन भट्टराई सहित पदाधिकारीहरुले वडा नं .४ अर्थात साविक बुधसिंह गाविसमा पर्ने बस्तीहरुमा पुगेर स्वास्थ्य सुरक्षाको मापदण्डको पालना र भौतिक दुरी कायम राख्दै कोरोना रोगबाट बच्नको लागी सतकर्ता अपनाउन अपिल गरेको छ ।

बुधसिंहको बजार तथा बस्तीहरुमा पुगेर समुदायलाई घरबाट बाहिर आउजाउ गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अपिल गर्दै दुई हजार पाँचसय थान मास्क समेत वितरण गरेको जनाएको छ । यस्तै, अभियानको क्रममा भेट्टिएका स्थानीयबासीलाई घरभन्दा बाहिरको कोरोनाको सम्भावित भाइरस बस्नसक्ने सामाग्रि छोइसकेपछि प्रयोग गर्नको लागी दश लिटर स्यानिटाइजर समेत उपलब्ध गराएको छ । अभियान मार्फत कोरोना रोगको महामारीबाट बच्न र बचाउनको लागी अति आवश्यक काम बाहेक घरबाट अन्यत्र नजानको सम्पूर्ण वडाबासीलाई आग्रिह गरिएको छ ।

यस्तै, सचेतना जगाउने तथा आम नागरिकलाई स्थानीय प्रशासन कार्यालय मार्फत रोग नियन्त्रणको लागी लगाइएको निषेधाज्ञाको पालना गर्न अपिल गर्दै अहिलको समयमा मानिसको भीड तथा भेला हुने गरेर मेलापर्म, धार्मिक तथा साँस्कृतिक क्रियाकलाप समेत नगर्नको लागी अपिल गरिएको छ ।

यसको साथै अभियानको क्रममा वडावासी दीर्घरोगी, अपाङ्गता भएका व्यक्ति, वालवालिका, जेष्ठ नागरिक लगायत विशेष जोखिममा रहेकाहरुको स्वास्थ्य सुरक्षामा ख्याल राख्नको लागी परिवार तथा सरोकारवालाहरुलाई आग्रह गरिएको छ ।

रोगबाट बच्नको लागी अभियान तथा सचेतना जगाउन रेडक्रस ब्ुधसिंह उपशाखाका सभापति लोचन भट्टराई सहित पदाधिकारिहरुको टोलीले भञ्याङखर्कमा रहेको ओइशोलेसन केन्द्रमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएका सक्रमित बिरामीहरुको स्वास्थ्य अबस्थाको जानकारी लिदै उनीहरुको लागी आवश्यक मास्क र स्यानिटाइजर समेत उपलब्ध गराइएको छ ।

सचेतना जगाउदै माइकिंङ तथा स्वास्थ्य सामाग्रि वितरणको लागी रेडक्रस बुधसिंह उपशाखाका पदाधिकारीहरु शैलेश बुढाथोकी, चन्द्रप्रसाद घिमिरे, कृष्णबहादुर तिवारी, शोभियतमान श्रेष्ठ, राजु अधिकारी, उपशाखाका पूर्व–सभापति गोविन्द तिवारी, रेडक्रसकर्मीहरु अशोक वस्ती, ओमबहादुर घिमिरे, किरण शर्मा लगायतको सहभागिता रहेको थियो ।

उपशाखाले आफ्नो कार्य क्षेत्रभित्र पर्ने तारकेश्वर गाउँपालिकाको वडा नं.४ को बुधसिंह पश्चात वडा नं. १, ५ र ६ मा पनि कोरोना रोग नियन्त्रणको लागी प्रशासनले लगाएको निषेधाज्ञाको पालना गर्न र रोगबाट आफूपनि बच्न र अरुलाई पनि बचाउन सचेतना कार्यक्रम चलाउने जनाएको छ  ।

19.73¡ÆC