प्रहरीले आफ्नो तलबबाट अस्पताललाई ४० थान अक्सिजन उपलब्ध गराए

जेष्ठ ६, २०७८ मा प्रकाशित | 950 views

टिकापुर । ईलाका प्रहरी कार्यालय टीकापुरले महामारीको समयमा निकै प्रशंसनीय काम गरेको छ । ईप्रका टीकापुरले कार्यालय मातहतका कार्यालय र अस्थायी ट्राफिक पोष्ट टीकापुरका प्रहरीले स्वस्फूर्त रुपमा रकम संकलन गरि ५२ हजार बराबर रुपंयाँ स.कलन गरेर करिब ४० थान अक्सिजन सिलिन्डर रिफिल गरेर टीकापुर अस्पताललाई उपलब्ध गराएको छ ।

टीकापुर अस्पतालमा अक्सिजन सिलिन्डरको चरम अभावलाई मध्यनजर गर्दै ईप्रका टीकापुरले यस्तो परिस्थितिलाई मध्यनजर गर्दै उक्त अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो । टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र रावल, उद्योग वाणिज्य संघ टीकापुरका अध्यक्ष रामबहादुर भण्डारी एवं कार्यालयका प्रहरीको उपस्थितिमा ईप्रका टीकापुरका प्रहरी प्रमुख डिएसपी मधुसूदन न्यौपानेले अस्पताल व्यवस्थापन समितीका अध्यक्ष दिपक बहादुर रावललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको जानकारी दिनुभएको छ ।

डिएसपी न्यौपानेका अनुसार कार्यालयमा कार्यरत सबै प्रहरीले पाँच सयका दरले रकम संकलन गरेर अक्सिजन सिलिन्डर रिफिल गरि अस्पताललाई हस्तान्तरण बताउनुभएको छ । उक्त अस्पतालका प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) डा रेमकुमार राईको नेतृत्वमा रहेको छ ।

अहिलेको यो महामारीको समयमा कोभिड नन–कोभिड बिरामीको लागी डा.रेमकुमार राई नेतृत्वको टोलीले चौबिसै घण्टा भोकतिख्रा नभनी सेवा पुराउदै आएको र अक्सिजनको चरम अभाव भएकाले दाताहरुको खोजी गर्दै बिरामीको उपचार सेवालाई प्रभावकारी बनाउदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web