नेशनल माइक्रोफाइनान्स शिवनगर शाखाबाट वडा-कार्यालयलाई स्वास्थ्य सहायता सामाग्रि सहयोग

जेष्ठ ५, २०७८ मा प्रकाशित | 933 views

भरतपुर । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्था लि. शाखा कार्यालय शिवनगर चितवनले कोरोना रोगको सक्रमण नियन्त्रण तथा सक्रमित बिरामीको उपचारमा सहयोग पु-याउन वडा न .१४ को कार्यालयलाई बुधबार स्वास्थ्य सहायता सामाग्रि उपलब्ध गराएको छ ।

भरतपुर महानगरपालिका वडा नं .१४ शिवनगरमा रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्था लि. शाखा कार्यालयले सोही वडा मार्फत कोरोना रोग नियन्त्रणको लागी गरिदै आएको रोकथाम तथा संक्रमित बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई प्रयोग गर्नको लागी स्वास्थ्य सहायता सामाग्रि हस्तान्तरण गरिएको हो ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्था लि.को तर्फबाट मास्क, स्यानिटाइजर, पिपिई सेट लगायतका स्वास्थ्य सहायता सामाग्रि सँस्थाका शाखा प्रमुख प्रतिमा ढकालले वडा नं १४ का वडाध्यक्ष ओमप्रसाद पोखरेललाई हस्तान्तरण गर्नुभएको हो । कोरोना रोग नियन्त्रणको लागी जिल्ला प्रशासन कार्यालय चितवन मार्फत जारी गरिएका निषेधाज्ञा आदेश र भरतपुर महानगरपालिका मार्फत जारी गरिएको सचेतना अभियानको कार्यान्वयन गराई रोगको सक्रमण रोक्न सक्रिय रुपमा लागिरहेको वडा कार्यालयलाई अति आवश्यक पर्ने स्वास्थ्य सहायता सामाग्रि सँस्थाको ‘सामाजिक उत्तरदायित्व’ अन्तरगत उपलब्ध गराइएको शाखा प्रमुख ढकालले जानकारी दिनुभएको छ ।

उक्त अवसरमा वडाध्यक्ष पोखरेलले वडाको माग अनुसार प्राप्त भएको स्वास्थ्य सामाग्रिहरु वडा कार्यालय मार्फत शिवनगरमा सञ्चालनमा रहेको आइशोसन केन्द्रको लागी उपलब्ध गराउने जानकारी दिनुभएको छ । कोरोना रोगको जोखिमलाई मध्येनजर गर्दै संक्षिप्त रुपमा आयोजित स्वास्थ्य सहायता हस्तान्तरण कार्यक्रममा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्था लि. शाखा कार्यालय शिवनगरका एकानन्द न्यौपाने, समीक्षा पराजुली, कोभिड–१९ अस्पताल शिवनगरका चिकित्सक एंव स्वास्थ्यकर्मीको लगायतको सहभागिता रहेको थियो ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्था लि. शाखा कार्यालय शिवनगरले मध्यम आयस्तर भएकादेखि आर्थिक तथा विपन्न तथा पछि समुदायमा पछि परेका वर्गलाई लक्षित गर्दै समूह निर्माण तथा सदस्य बनाई बचत संकलन, कर्जा लगानी, बीमा, रेमिन्ट्यान्स सेवा उपलब्ध गराउदै आएको छ । चितवन जिल्ला सहित आसपासको क्षेत्रलाई समेत लक्षित गरेर शिवनगरमा सञ्चालनमा रहेको शाखा कार्यालयले गएको वर्षको कोरोना रोगको सक्रमण नियन्त्रणको लागी सदस्यहरुको लागी स्वास्थ्य सुरक्षा र खाद्यान्न सामाग्रि राहतस्वरुप उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web