नुवाकोट । रक्तादाता चढेको गाडी प्रहरीले निषेधाज्ञा उल्लघंन गरेको भन्दै नियन्त्रणमा लिएको छ । नुवाकोटका युवाहरुको समूह ‘ब्लड अन रिकोएस्ट इन नुवाकोट’ नामक सँस्थामा आबद्ध युवाहरू रक्त सञ्चार केन्द्र कोलनीमा गएर रगत दान गर्ने दातालाई पुराउन विदुरतर्फ फर्कदै गर्दा विदुर स्थित चेकपोष्टबाट प्रहरीले नियन्त्रणमा लिएर दूर्व्यवहार गरेको हो ।

उक्त चेकपोष्टमा बसेका प्रहरीले ‘माथीको आदेश’ भन्दै रक्तदाताहरुलाई निषेधाज्ञा उल्लंघन गरेर हिड्ने भन्दै दुव्र्यबहार समेत गरेको थिया । नेपाल रेडक्रस नुवाकोट मार्फत सञ्चालनमा रहेको कोलनी स्थित रक्तसञ्चार केन्द्रमा पुगेर रगत दान गरेर फर्किरहेको समयमा उक्त घटना भएको हो । रक्तदान गर्न जाँदा चेकजाच नभएको र फर्कदा जाँच गर्न खटिएका प्रहरीले गाडी नियन्त्रणमा लिने र रक्तदाता भन्दै आउजाउ गर्न पाउनुपर्ने बताउदाँ ठूलो स्वरमा नकराउन धम्की समेत दिएको थियो ।

रगत दिदाँ खोपिएको सुईबाट बगिरहेको रगतको आलो घाउ देखाउदा समेत प्रहरीले रक्तदातालाई निषेधाज्ञा उल्लघंन गरेको अभियोगमा सक्रामक रोग ऐन अनुसार कारबाहीसम्मको चेतावनी दिदै दुव्र्यबहार गरेर उनीहरु चढेको गाडी नियन्त्रणमा लिएको हो। नुवाकोट प्रहरीले कोरोना रोग नियन्त्रणको लागी निषेधाज्ञा लगाएको बताउदै रगत दिन आउजाउ गर्दा रोगको जोखिम बढ्ने भएकाले गाडी समात्नु परेको जनाएको छ ।

कोलनी स्थित रक्तसञ्चार केन्द्रमा रगत दिएर फर्कदै गरेका रक्तदाता चढेको प्रदेश नं. ३–०१०२४ च ३५०५ नम्बरको गाडीदाई विदुर स्थित चेकपोष्टमा समातेर माथीको आदेश भन्दै जिल्ला प्रहरी कार्यालयमा पुराएको ‘ब्ल्ड अन रिकोएस्ट इन नुवाकोटका एडमिन तथा सयोजक मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिए । उनको अनुसार त्रिशूली अस्पताल नुवाकोटमा हुने गर्भवती र अप्रत्याशित रोग तथा घटनाका बिरामीको लागी अहिले दाताहरुकै भरमा सहयोग पुग्दै आएको छ । निषेधाज्ञासगै रक्तदाताहरुलाई दान गर्न असहज भएसगैँ ‘ब्लड अन रिकोएस्ट इन नुवाकोट’ ले आफूहरुसंग भएको सवारीसाधन कै प्रयोग गरेर दाताहरुलाई निःशुल्क आउजाउको प्रबन्ध मिलाउदै आइरहेको थियो । आइतबार अपरान्ह भएको प्रहरीको रबैया, रक्तदाता माथीको दुव्र्यबहादर र रक्तदान गर्न आउजाउ गर्दा रोगको जोखिम झन बढ्ने भनेर दिएको कुतर्कको कारण रक्तदाताहरु निराश तथा असन्तुष्ट भएका छन् ।

नुवाकोटको त्रिशूली अस्पतलामा गर्भवती हुने तथा आकस्मिक घटना तथा नियमित रुपमा शरीरमा रगत चढाउनुपर्ने बिरामी गरेर दैनिक दश पिन्टको हाराहारीमा रगत आवश्यक पर्ने गरको रक्त सञ्चार केन्द्र नुवाकोटले जनाएको छ । उक्त रगत अहिलेको समयमा ‘ब्लड अन रिकोएस्ट इन नुवाकोट’ मार्फत नै समन्वय तथा सहजिकरणमा व्यावस्थापन हुदै आएको थियो ।

नुवाकोट जिल्लामा गत बैशाख २१ गतेदेखि निषेधाज्ञा कायम रहेको छ । कोरोना रोगको सक्रमण रोक्नको लागी लगाइएको निषेधाज्ञाको कार्यान्वयन नभएको भन्दै चौतर्फी रुपमा बिरोध भइरहेका आउजाउ गरेको भन्दै प्रहरीबाट सहयोग हुनुपर्नेमा उल्टै रक्तदाता चढेको गाडी समात्नु, उनीहरुलाई कारबाहीको चेतावनी दिनु र माथीको आदेश भन्दै गाडी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा लिनुलाई नुवाकोट प्रहरीको असक्षमताको प्रदर्शन देखिएको छ । नुवाकोट प्रहरी प्रमुख रहेका तुलबहादुर कार्कीको नेतृत्व जिल्लामा असफल जस्तै भैरहेको छ । पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट हराएको भनिएको रकम खोजतलास गर्न असक्षम भएको भन्दै संगठनको कारबाहीको मुखमा पुगेका एसपी कार्की निषेधाज्ञा कार्यान्वयनको बाहनामा बिरामीको लागी अति आवश्यक रगत दिन आउजाउ गर्ने दातालाई रोकेर कोरोना रोग रोक्नको लागी निषेधाज्ञा कार्यान्वयनको नाटक गर्दै आएको छ ।

उनै कार्कीले आइतबार बिहान मात्रै ‘ब्लड अन रिकोएस्ट इन नुवाकोट’ मार्फत सहयोग उपलब्ध गराएको ११० थान फेसशिल्ड लिदै प्रहरीको लागी संगठन र माथीबाट आउने भन्दा सामाजिक सँस्ूथाबाट प्राप्त भएको सहयोगबाट नै काम चलाउनुपर्ने बाध्यात्मक अबस्था गरेको भन्दै सरकार र प्रहरी संगठनको आलोचना गर्दै ‘ब्लड अन रिकोएस्ट इन नुवाकोट’प्रति सद्भाव देखाएका थिए ।

नुवाकोट र नुवाकोटबाट बाहिर उपचारको लागी पुग्ने बिरामी तथा आकस्मिक दुर्घटनामा चाहिने बिरामीको लागी रेडक्रसको रक्तसञ्चार केन्द्रसंगको समन्वयमा रगतको व्यावस्थापन सहज रुपमा उपलब्ध गराउदै आएको छ । नुवाकोट सहित देशभरको लागी आवश्यक रगत, कोरोना सक्रमित बिरामीको लागी चाहिने प्लाज्मा उपलब्ध गराई गएको वर्षको निषेधाज्ञाको समयमा पुराएको भूमिकाको चैतर्फी प्रशंसा पाउदै आएको छ । गएको वर्ष निषेधाज्ञाको समयमा रक्तदातालाई आउजाउ गर्न निकै सहज भएपनि अहिले भने अपराधीलाई जस्तो व्यवहार गरिएको ‘ब्लड अन रिकोएस्ट इन नुवाकोट’का सदस्य तथा प्रेस युनियन नुवाकोटका नेता नमराज सुवेदीले गुनासो गर्नुभयो ।

26.88¡ÆC