नुवाकोट । नुवाकोट जिल्लामा रगतको सहज व्यावस्थापन तथा देशभरको लागी सहजिकरण गर्दै आएको नुवाकोटका युवाहरुको समूह ‘ब्लड अन रिक्वेष्ट इन–नुवाकोट’ले कोरानो रोग नियन्त्रणमा सहयोग पुराउने उद्देष्यले प्रहरीलाई स्वास्थ्य सुरक्षाको सामाग्रि उपलब्ध गराएको छ ।

‘ब्लड अन रिक्वेक्ट इन नुवाकोट’ले जिल्ला प्रहरी कार्यालय नुवाकोट र सशस्त्र प्रहरी बल १९ नं. गुल्म नुवाकोटको लागी फेस सिल्ड, मास्क र स्यानिटाइजर उपलब्ध गराएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई ११० थान फेस–शिल्ड प्रहरी प्रमुख तुलबहादुर कार्कीलाई हस्तान्तरण गरेको ब्लड अन रिक्वेष्ट इन नुवाकोटका सदस्य पारस अधिकारीले जानकारी दिनुभएको छ ।

यस्तै, सशस्त्र प्रहरीलाई ७० थान फेस सिल्ड, तीन लिटर स्यानिटाइजर र N-95 मास्क ३० थान सशस्त्र प्रहरी प्रमुख मदन ढुङ्गानालाई हस्तान्तरण गरिएको छ ।

कोरोना रोगको जोखिमको समयमा पनि आम-नागरिकलाई घर भित्रै बस्नको लागी आग्रह गर्दैै जनतताको स्वास्थ्य र शान्ति सुरक्षाको लागी माहामारीको समयमा कार्य क्षेत्रमा खटिएका प्रहरीलाई सुरक्षित बनाउनको लागी स्वास्थ्य सहायता सामाग्रि उपलब्ध गराइएको 'ब्लड अन रिक्वेक्ट इन नुवाकोट’का एडमिन मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिनुभएको छ ।

सहयोग सामाग्रि हस्तान्तरणमा ‘ब्लड अन रिक्वेक्ट इन नुवाकोट’मा आबद्ध युवाहरु विष्णु प्याकुरेल, निरज चित्रकार लगायतको सहभागिता रहेको थियो ।

नुवाकोटको यूवाहरुले स्वःस्फुर्त रुपमा सञ्चालन गर्दै आएको यही समूह मार्फत गएको वर्षको लकडाउनको समयमा समेत देशभर रगत र प्लाज्माको अभाव हुदाँ नुवाकोटमा सहज व्यावस्थापन गर्दै उपचारमा सहयोग पुराएकाले लोकप्रियता हासिल गरेको थियो । अहिले पनि नुवाकोट सहित देशभरको लागी बिरामीलाई रगतको आवश्यक परेमा 'ब्लड अन रिक्वेक्ट इन नुवाकोट’ मार्फत उपलब्ध गराउने जिम्मेवारी पूरा गर्दै आएको छ ।

19.17¡ÆC