गोरुले हानेर घाइते भएका व्यक्तिको कोरोना लागेर मृत्यु

बैशाख ३०, २०७८ मा प्रकाशित | 937 views

नुवाकोट । गोरुले हानेर गम्भीर घाइते भई उपचारको लागी त्रिशूली अस्पतालमा भर्ना भएका बिरामीको कोरोना लागेर बुधबार मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको तादी गाउँपालिका वडा नं.२ चिलाउनेका ७२ वर्षका पुरुष रहेका छन् ।

गएको बैशाख २१ गते गोरुले हानेर करङ भाचिएसगैँ उपचारको लागी त्रिशूली अस्पतालमा भर्ना भएका उनको २२ गते गरिएको एण्टिजेन परीक्षण र २४ गते गरिएको पिसिआर परीक्षणमा कोरोना नभएको नजित आएको थियो ।

पुनः २७ गते लिइएको स्वाबको २८ गते गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको थियो । २८ गते कोरोना देखिएको नतिजा आएको उनको हिजो २९ मृत्यु भएको अस्पतालले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

गोरुले हानेर गम्भीर घाइते भएका ती बिरामीलाई आकस्मिक उपचार कक्ष पश्चात एचडियू र अबस्था झनै गम्भीर हुदै गएसगैँ अस्पतालको आईसियूमा राखेर उपचार गर्ने भनिएपनि तेश्रो पटक गरिएको कोरोना परीक्षणमा रोगको सक्रमण देखिएसगैँ गोरुले हानेर भाचिएको करुङकोे सट्टा कोरोनाको उपचारतर्फ केन्द्रित गराइएको थियो ।

अस्पतालले परीक्षण गर्दा तेश्रो पटकमा मात्रै कोरोना देखिएकाले उनलाई अस्पतालबाटै कोरोना सरेको हुनसक्ने परिवारले बताएका छन् । गोरुले हानेर घाइते बनाएका व्यक्तिलाई उक्त घाउको उपचार नगरी पटक–पटक गरिएको कोरोनाको परीक्षणले अस्पतालले कोरोना देखाउदै बिरामीको उपचार गर्नबाट पन्छिएको पीडित परिवारको गुनासो गरेका छन् ।

कोरोना सक्रमितको निधन भएमा नेपाली सेना मार्फत सम्मानका साथ अन्तिम दाहसस्कार गरेर परिवारलाई नजिकबाट हेर्न मात्रै दिने सुरक्षा मापदण्ड भएपनि सोही मापदण्डमा रहेको स्वास्थ्य सतकर्ता अपनाई आफन्तले पनि दाहसँस्कार गर्न पाउने व्यावस्था अन्तरगत परिवारले नै शव बुझेर आफ्नो धार्मिक परम्परा अनुसार अन्तिम सँस्कारको प्रक्रिया अघि बढाएका छन् । यो घटनासगैँ नुवाकोट जिल्ला भित्र कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या ४ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web