त्रिशूली अस्पतालको प्रयोगशालामा देखियो एकैदिन १११ जना कोराना सक्रमित

बैशाख २९, २०७८ मा प्रकाशित | 767 views

नुवाकोट । नुवाकोटको त्रिशूली अस्पतालमा गरिएको जाँचमा पछिल्लो चौविस घण्टामा  (२८ गते मंगलबार) १११ जना व्यक्तिमा कोरोनाको सक्रमण देखिएको छ । कोरोना देखिएका मध्ये नुवाकोटमा घर भएका तथा नुवाकोटमा नै बसोबाँस गर्दै आएको सङ्ख्या ६७ जना रहेका छन् भने रसुवाको १२ जना र धादिङको ३२ रहेको छन् ।

त्रिशूली अस्पतालले संकलन गरेको ८५ जनाको नमूना जाँचमा ४३ जनामा कोरोनाको सक्रमण देखिएको हो । यस्तै, तारकेश्वर गाउँपालिकाले संकलन गरेर जाँच गर्न पठाएको २१ जनाको नमूना मध्ये १९ जनामा कोरोना देखिएको छ ।

यस्तै, त्रिशूली अस्पतालमा जाँच गराउन पुगेका १२ जना बिरामीको गरिएको एण्टिजेन परीक्षणमा थप ५ जना व्यक्तिमा कोरोनाको सक्रमण देखिएसगैँ नुवाकोटमा पछिल्लो चौविस घण्टाको अवधिमा कोरोना सक्रमित हुनेको सङ्ख्या पिसिआर र एण्टिजेन परीक्षण दुवै माध्यम मार्फत कुल ६७ जनामा देखिएको हो ।

यस्तै, रसुवाको जिवजिबे ग्रामीण अस्पतालले संकलन गरेर जाँच गर्न पठाएको ३२ जनाको नमूना जाँच गर्दा १२ जनामा कोरोनाको सक्रमण देखिएको छ ।

यस्तै,  धादिङ निलकण्ठ नगरपालिकाबाट संकलन गरेर जाँच गर्न ल्याइएको ११ जनाको नमूना जाँच गर्दा एक जनामा कोरोना देखिएको छ भने धादिङकै रुबीभ्याली गाउँपालिकाबाट संकलन गरेर जाँच गर्न पठाएको ३६ जनाको नमूना परीक्षणमा ३१ जना व्यक्तिमा कोरोनाको सक्रमण देखिएको छ ।

यसैबीच, नुवाकोट, रसुवा र धादिङबाट संकलन गरिएको मध्ये अझै ४०३ जनाको स्वाबको नमूना अस्पतालको प्रयोगशालामा परीक्षणको क्रममा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web