कोरोना सक्रमित बिरामीलाई रेडक्रस नुवाकोट मार्फत स्वास्थ्य सामाग्रि उपलब्ध

बैशाख २७, २०७८ मा प्रकाशित | 810 views

त्रिशूली । विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोट कोरोनाबाट प्रभावित भएका बिरामीको लागी स्वास्थ्य सहायता सामाग्री उपलब्ध गराएको छ ।

कोरोना रोगको सक्रमणको जोखिमको कारण औपचारिक कार्यक्रम गर्न नभएसगैँ रेडक्रस नुवाकोट शाखाले नुवाकोटका कोरोना सक्रमित भएर त्रिशूली अस्पतालमा उपचार गराउदै आएका ३० जना बिरामीको लागी स्वास्थ्य सहायता सामाग्रि उपलब्ध गराएको रेडक्रस नुवाकोटका सामुदायिक प्रशिक्षक समुन्द्रबाबु अधिकारीले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार अमेरिकन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी मार्फत सञ्चालनमा रहेको PREPARE (प्रिपियर) कार्यक्रम अन्तरगत कोरोना रोगबाट बिरामी भएर त्रिशुली अस्पतालमा उपचार गराउदै आएका ३० जना बिरामीलाई उनीहरुलाई आइशोलेसनमा बस्दा अति आवश्यक पर्ने स्वास्थ्य सामाग्रिहरु उपलब्ध गराइएको हो ।

रेडक्रस नुवाकोटले यसअघि कोरोना रोगको पहिलो चरणको प्रभावको समयमा पनि कोरोना रोगबाट प्रभावित भएर आइशोलेसनमा बस्दै आएका बिरामीको लागी स्वास्थ्य सहायता सामाग्रि उपलब्ध गराई सहयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web