नुवाकोटमा थालियो अक्सिजन सिलिण्डरको खोजी अभियान

बैशाख २७, २०७८ मा प्रकाशित | 769 views

त्रिशूली । कोरोना रोगबाट संक्रमित भएकाहरुको उपचारको लागी अतिआवश्यक रहेको अक्सिजनको अभाव पूरा गर्न प्रयोगबिहिन अबस्थाका सिलिण्डर उपलब्ध गराउन नुवाकोट प्र्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले सूचना जारी गर्दै कोरोना बिरामीको लागी उपचारमा अति आवश्यक रहेको अक्सिजनको अभाव भैरहेकाले बिरामीको उपचार प्रयोजनको लागी भन्दा बाहेक विभिन्न संघसंस्था, उद्योग, व्यक्ति तथा विद्युत आयोजनामा राखिएका खाली तथा भरिएका अक्सिजन सिलिण्डर प्रहरी कार्यालयमा बुझाउन भनिएको हो । अहिले बुझाएको सिलिण्डर पछि सम्बन्धित व्यक्तिलाईनै फिर्ता गर्नेपनि प्रहरीले स्पष्ट पारेको छ ।

यसैबीच, नुवाकोटमा रहेका सचेत युवाहरुको समूहले अक्सिजन सिलिण्डरको खोजी अभियान चलाएका छन् । राष्ट्रसेवक कर्मचारी समेत रहनुभएका युवा समाजसेवी मच्छिन्द्रनरसिंह प्याकुरेल सहितको युवाहरुको टोलीले नुवाकोट, रसुुवा लगायतका जिल्लामा जहाँ भएपनि सम्बन्धित स्थानमै पुगेर पछि फिर्ता गर्ने प्रतिबद्धता सहितको अक्सिजन सिलिण्डिर खोजी अभियान चलाएको हो ।

कहीकतै अक्सिजनको खाली तथा भरिएको जुन अबस्थाको भएपनि बिरामीको उपचार प्रयोजन भन्दा बाहेकका सिलिण्डर भएमा कोरोना रोगको सक्रमितको उपचार प्रयोजनको लागी उपलब्ध गराउन अपिल गरेको छ ।

कोरानो रोगको सक्रमणको समयपश्चात उक्त सिलिण्डर सम्बन्धित धनीलाई नै दिने भएकाले व्यक्ति तथा उद्योगसंग भएका सिलिण्डर उपलब्ध गराउन आग्रह गरिएको अक्सिजन सिलिण्डर खोजी अभियानकर्मी मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिनुभएको छ ।

अभियानकर्मीहरुले संकलन गरेको अक्सिजन सिलिण्डर त्रिशूली अस्पताल तथा नुवाकोटको विभिन्न स्थानमा कोरोना रोगको सक्रमितको उपचारको लागी सञ्चालन गरिएका आइशोलेसन केन्द्रका बिरामीलाई उपलब्ध गराइने भएको छ ।

यही अभियानकर्मी मार्फत गएको वर्षको पहिलो चरणको कोरोना रोगको महामारीको समयमा रक्तदाताको खोजी गर्दै रगतको अभाव हटाउन सफल भएको थियो भने अहिले कोरोना बिरामीको उपचारको लागी कोरोना जितेका व्यक्तिबाट प्लाज्मा संकलन र अक्सिजन सिलिण्डरको खोजी अभियान चलाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web