नुवाकोटमा एकैदिन थपिए ९४ जना सक्रमित

बैशाख २२, २०७८ मा प्रकाशित | 770 views

त्रिशूली, २२ बैशाख । नुवाकोटमा पछिल्लो चौविस घण्टाको अवधिमा ९४ जना व्यक्तिमा कोरोनाको सक्रमण देखिएको छ ।

त्रिशूली अस्पतालको प्रयोगशालामा गरिएको जाचमा नुवाकोट घर भएका तथा याहाँ बसोबास गर्दै आएका ९१ जनामा कोरोनाको सक्रमण देखिएको हो । त्रिशूली अस्पतालले संकलन गरेको ८० जनाको नमूनाको परीक्षणमा ६९ जनामा, तादी गाउँपालिकाले संकलन गरेर जाच गर्न पठाएको २२ जनाको नमूनामा १२ जनामा र दुप्चेश्वर गाउँपालिकाले संकलन गरेर जाच गर्न पठाएको ११ जनाको नमूनामा १० जनामा गरेर पिसिआर बिधिबाट नुवाकोटमा पछिल्लो चौविस घण्टामा ९१ जना व्यक्तिमा रोगको सक्रमण पुष्टि भएको हो ।

यसैगरी, त्रिशूली अस्पतालमा जाच गराउन गएका बिरामी मध्ये शंकास्पद १२ जना बिरामीको गरिएको एण्टिजेन परीक्षणमा थप ३ जनामा कोरोनाको सक्रमण पुष्टिभएसगैँ नुवाकोटमा एकैदिन कोरोनाको सक्रमितको सङ्ख्या ९४ पुगेको हो ।

यसैगरी, त्रिशूली अस्पतालमा गरिएको जाच अन्तरगत रसुवाको नौकुण्ड गाउँपालिकाबाट जाच गर्न ल्याएको चारै जना, उत्तरगया गाउँपालिकाबाट जाच गर्न ल्याएको चार जनामा तीन जनामा रोगको सक्रमण पुष्टि भएको छ ।

यस्तै, धादिङको धादिङबेसीका बासिन्दाको नमूना संकलन गरेर निलकण्ठ नगरपालिकाले जाच गर्न पठाएको ३२ जनाको नमूनामा ३१ जनामा रोगको सक्रमण पुष्टि भएको छ । पछिल्लो समय नमूना जाच गर्दा कोरोनाको सक्रमण पुष्टि हुने दर निकै धेरै बढेको छ । नुवाकोटमा ९४ जना थप हुन अघि स्वास्थ्य कार्यालय नुवाकोटको तथ्याङ्क अनुसार सक्रिय सक्रमितको सङ्ख्या २५७ जना रहेको जानकारी दिइएको थियो ।

थप ९४ जनामा सक्रिय सक्रमितको सङ्ख्या एकीन हुन बाँकी रहेको छ । नुवाकोटमा हाल सबै स्थानीयतहमा कोरोनाको सक्रमित रहेका छन  भने २५७ जना मध्ये अबस्था गम्भीर भएसगैँ त्रिशूली अस्पतालको आइशोलेसनमा १६ जनालाई भर्ना गरिएको छ । बाँकी घरको एकान्तबासमा नै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । नुवाकोटमा हालसम्म कोरोना सक्रमित पुष्टि हुनेको सङ्ख्या एक हजार ४५६ जना पुगेकोमा एक हजार १९७ जना रोगलाई जितेर स्वस्थ भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web