नुवाकोट, २१ बैशाख । नेपाल प्रेस युनियन नुवाकोटले पत्रकार तथा पत्रकारको परिवारलाई कोरोना रोग लागेमा स्वास्थ्य उपचार तथा निगरानीको लागी आइशोलेशन कक्ष स्थापना गर्ने भएको छ ।

प्रेस युनियन नुवाकोट शाखाको पदाधिकारीको निर्णय अनुसार युनियनका कार्यबहाक जिल्ला अध्यक्ष सुरज सिलवालले जारी गरेको विज्ञप्ती अनुसार कोरोना रोगको सक्रमणको दर नुवाकोटमा बृद्धि भैरहेको र त्यसबाट पत्रकार समेत प्रभावित भएकाले उनीहरुको लागी उपचार तथा तथा निगरानी गर्न एक साताभित्रै आइशोलेसन कक्ष स्थापना गर्न लागिएको हो ।

नुवाकोटमा पहिलो चरणको कोरोनाको प्रभावको समयमा आधादर्जन पत्रकार प्रभावित भएको र अहिलेको दोश्रो चरणमा पनि केही पत्रकारलाई कोरोना देखिएको र केहीलाई लक्षण समेत देखिन थालेकाले अस्पतालमा श्यया पाउन देखिएको अभावलाई मध्येनजर गर्दै प्रेस युनियन आफैले आइशोलेसन कक्ष स्थापना गर्न लागेको युनियनका अध्यक्ष नमराज सुवेदीले जानकारी दिनुभएको छ ।

आइशोलेसन कक्ष स्थापनाको लागी पत्रकार महासंघ नुवाकोट शाखाका निवर्तमान अध्यक्ष प्रकाशकुमार अधिकारीको कार्यकालमा बनाएको महासंघको भवन तयार गर्न लागिएको छ । अबको एक सातामा आइशोलेसन कक्ष स्थापना गर्नुपर्ने भएकाले भाडामा बसेको सुआहारा एक साताभित्र बैकल्पिक व्यवास्था गरेर घर खाली गर्न भनिएको छ ।

जिल्लाको सरकारी अस्पतालमा कोरोना बिरामीको लागी उपचार गर्न बेडको अभाव भएको समयमा समाचार सम्प्रेषणमा खटिने पत्रकार सक्रमित हुदाँ उपचार सेवाबाट बञ्चित हुन नपरोस भनेर नेपाली काँग्रेसको शुभेच्छुक सँस्था नेपाल प्रेस युनियन नुवाकोट शाखाले आइशोलेसन कक्ष स्थापना गर्ने निर्णय गर्दै आवश्यक भौतिक पूर्वाधारको काम अघि बढाएको जनाएको छ ।

17.77¡ÆC